सप्तरीमा छठ पर्व मनाउने क्रममा पोखरीमा डुबेर एक जनाको मृत्यु

Published on

काठमाडौं । सप्तरीको कञ्चनरुप नगरपालिका–८ स्थित डिठा पोखरीमा मङ्गलबार एक पुरुषको डुबेर मृत्यु भएको छ। छठ पर्व मनाउने क्रममा पोखरीमा गएका सोही नगरपालिकाका वडा नं. ९ निवासी ५० वर्षीय सुरज राम (सुर्जा) पोखरीमा डुबेका हुन्।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेका अनुसार रामले मादक पदार्थ सेवन गरी पोखरीमा पौडी खेल्ने क्रममा डुबेर ज्यान गुमाएका हुन्।

प्रहरीका अनुसार मृतकको शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाउने तयारी भइरहेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...