सोलुको लोबुचेमा हेलिकप्टर दुर्घटना, चालक सकुशल

Published on

काठमाडौं । सगरमाथा आधार शिविर नजिकै रहेको लोबेचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ ।  लुक्लाबाट बिहानै विदेशी पर्यटक लिन गएको अल्टिच्युड एयरको अल्फा माईक सेरा कलसाइन भएको हेलिकप्टर लोबुचो हेलिप्याडमा अवतरण गर्ने क्रममा हिउँमा चिप्लिएर दुर्घटना भएको हो । पाइलट विवेक खड्का भने सकुशल रहेको प्रहरीले जनाएको छ ।  हेलिकप्टरमा कुनै मानवीय क्षति भने नभएको जिल्ला प्रहरी प्रमुख डिएसपी मनोजित कुँवरले बताउनुभयो । बिहान ८ः१५ मा हेलिकप्टर दुर्घटना भएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी लिलाकुमारी केसी पाण्डेले पुष्टि गर्नुभयाे । पाइलट खड्कालाई कैलास एयरको हेलिमार्फत  लुक्ला ल्याइएको डिएसपी कुँवरले बताउनु भयाे । हेलिकप्टरमा आगजनी नभएको र पल्टिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ । खुम्बुमा बाक्लो हिउँ परेका कारण विहानैदेखि हेलिकप्टरले पर्यटकको उद्धार गर्दै आएका थिए । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...