खुम्बु क्षेत्रमा हिमपात, पर्यटन र जनजीवन प्रभावित

Published on

काठमाडौं । देशभर मौसममा आएको परिवर्तनसँगै हिमाली पर्यटकीय क्षेत्र सोलुखुम्बुको माथिल्लो खुम्बु क्षेत्रमा मङ्गलबार बिहानैदेखि हिमपात भएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको तेङ्बोचेभन्दा माथिल्लो क्षेत्रमा हिउँ पर्न थालेको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिनुभयो ।

पर्यटकीय सिजनकै बीचमा परेको यस हिमपातले सगरमाथा क्षेत्रमा पर्यटन गतिविधि प्रभावित बनेको छ । सगरमाथा आधार शिविर, तेङ्बोचे, लबुचेलगायत स्थानमा बाक्लो हिउँ परेपछि स्वदेशी तथा विदेशी पर्यटक होटेलमै बसिरहेका छन् । स्थानीय प्रशासन र होटेल सञ्चालकले पर्यटकलाई सुरक्षित रहन र आवश्यक सहयोगका लागि सतर्क रहन आग्रह गरेका छन् ।

हिमपात भएका माथिल्ला क्षेत्रमा करिब एक हजारजति विदेशी पर्यटक र उनीहरूका सहयोगी रहेका बताइएको छ । हिमपातका कारण पदयात्रा कठिन बनेको छ भने सदरमुकाम आसपासका क्षेत्रमा वर्षा जारी रहेकाले चिसो बढेको र जनजीवन कष्टकर बनेको स्थानीयवासीले बताएका छन् ।

यसैबीच, तल्लो क्षेत्रका कृषक धान भित्र्याउने समयमा परेको वर्षाका कारण मारमा परेका छन् । लगातारको चिसो र वर्षाले कृषि उत्पादनमा असर पर्ने चिन्ता किसानहरूले व्यक्त गरेका छन् ।

spot_img

ताजा समाचार

सागसब्जीमा समृद्धि पहिल्याउँदै कञ्चनपुरका दुई किसान

काठमाडौं । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका जनक चौधरी विदेशमा चाहेजस्तो आम्दानी गर्न नसकेपछि गाउँमै व्यावसायिक...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवको शपथ ग्रहण आज (आइतबार) हुने...

सडक पूरा गर्न त्रियानब्बे करोडको सम्झौता

काठमाडौं । देशकै लामो भनिएको सैनामैना चक्रपथको अधुरो रहेको साढे १९ किलोमिटर सडक निर्माण...

रिभल्भरसहित भारतीय नागरिक पक्राउ

काठमाडौं । सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका–४ हलखोरी चोकबाट रिभल्भरसहित एक जना भारतीय नागरिकलाई...