सुनको मूल्यमा लगातार गिरावट, चाँदीमा सानो वृद्धि

Published on

काठमाडौँ — यो साता सुनको मूल्यमा निरन्तर गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्ला चार दिनदेखि सुनको मूल्य लगातार ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपियाँले घट्दै सुनको मूल्य दुई लाख ४१ हजार नौ सयमा झरेको थियो । त्यसपछि सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार नौ सयमा कारोबार भयो । हिजो मङ्गलबार प्रतितोला दुई हजार नौ सयले घटेपछि सुन दुई लाख ३७ हजारमा पुगेको थियो भने बुधबार थप सात सय घटेर दुई लाख ३६ हजार तीन सय रुपियाँमा झरेको छ ।

यसैबीच, चाँदीको मूल्य भने केही बढेको छ । मङ्गलबार प्रतितोला दुई हजार ९२० मा कारोबार भएको चाँदी आज बढेर दुई हजार ९६५ रुपियाँमा पुगेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस करिब तीन हजार ९६० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ । विशेषज्ञहरूले अमेरिकी अर्थतन्त्रका तथ्याङ्क र मध्यपूर्वीय तनावमा आएको सुधारका कारण लगानीकर्ताको आकर्षण घटेपछि सुनको मूल्य घटिरहेको विश्लेषण गरेका छन् ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...