मुस्ताङको ‘हिडन भ्याली’ मा फसेका पर्यटकको उद्धार सुरू

Published on

काठमाडौं । मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचे हिमालको ’हिडन भ्यालीमा हिउँमा फसेका ३ विदेशीसहित १५ जनाको टोलीलाई उद्धार गर्न सेना, सशस्त्र र प्रहरीको संयुक्त खटिएको छ । 

संसारको सातौँ अग्लो अग्लो धौलागिरि हिमालको आधार क्षेत्र हुँदै मुस्ताङ प्रवेश गरेको टोली हिमपातका कारण समस्यामा परेपछि नेपाली सेनाको उच्च शिखर शिक्षालय, इन्द्रबक्स गण, नेपाल प्रहरी र शसस्त्र प्रहरीको १० जनाको टोली प्रस्थान गरेको हो । काठमाडौंको सेक्रेट हिमालय ट्रेड एण्ड एक्पिडिसन ट्राभल एजेन्सीबाट ३ जना ब्रिटिस महिला पर्यटकसहित १५ जना सोमवारदेखि हिउमा फसेका थिए । 

मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुषालले बुधबार मौसम केही अनुकुल भएकाले माथिल्लो क्षेत्रबाट पर्यटक झदैं गरेको र तलबाट थप सहयोगका लागि टोली पठाइएको बताउनुभयो । प्रजिअ भुषालले भन्नुभयो, ‘‘पर्यटकसँग प्रयाप्त खानेकुरा छ, यहाँबाट पैदल पुग्न दुई दिन लाग्छ ।’’ प्रजिअ भुषालका अनुसार सडकबाट उद्धारको टोली प्रस्थान गरेको र हेलिकप्टरबाट समेत सम्भव भएसम्म उद्धार गरिने बताउनुभयो । 

समुन्द्र सतहदेखि ५ हजार १ सय मिटर उचाइमा पर्ने ‘हिडन भ्याली’मा बाख्लो हिमपात भइरहेको अवस्थामा पैदलमार्गबाट एक्लै पर्यटकको टोली फर्किदा थप जोखिम हुने भएकाले उद्धारकर्मीको टोली पठाइएको प्रजिअ भुषालले बताउनुभयो । हिडन भ्यालीमा क्षेत्रमा ५ फिटभन्दा बढी हिउँ जमेको सूचना पाएलगत्तै सुरक्षा समितिको बैठक बसेर टोली परिचालन गरिएको हो । बाख्लो हिमपातले पदमार्ग पुरिएको अवस्थामा पर्यटकलाई यात्रा गर्न समस्या हुने भएकाले हिउँ पन्छाउने उपकरण सहित टोली खटाइएको छ । 

उद्धार गरिएपछि पर्यटक सहितको टोलीको स्वास्थ्य परीक्षणपछि एजेन्सीलाई जिम्मा लगाइने छ जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यसअगाडी समेत म्याग्दीको धौलागिरी पदमार्ग हुदै थासाङ गाउँपालिका–१ मा अवस्थित धम्पुस लेकको रूटमा एक जर्मनी पर्यटक सहित पथप्रर्दशक हराएका थिए । करिब १९ दिन अगाडी धौलागिरि चक्रीय पदयात्रा क्षेत्रमा करिब १२ महिना हिमपात हुने स्थानहरूमा भारी हिमपात हुँदा समस्या पर्ने मुस्ताङका  प्रहरी नायव उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो  । 

म्याग्दी र मुस्ताङ जोड्ने लामो र सहासिक पदयात्राका लागि विदेशी पर्यटकले धौलागिरि चक्रीय पदमार्ग रोज्ने गरेपनि भौगोलिक विकटता, प्रयाप्त पूर्वाधार, संकेत चिन्ह लगायतका न्यूनतम पूर्वाधार नहुदाँ पर्यटक सम्पर्कविहिन हुने गरेका छन् ।गोरखापत्र

spot_img

ताजा समाचार

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...