‘मोन्था’ चक्रवातको प्रभाव : शनिबार बिहानसम्म देशभर वर्षाको सम्भावना

Published on

काठमाडौं । ‘मोन्था’ चक्रवातको प्रभावका कारण देशका अधिकांश भागमा शनिबार बिहानसम्म वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट वर्षा हुने, भने बाँकी प्रदेशहरूमा मध्यम वर्षा हुने अनुमान गरिएको छ। मौसम विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार शनिबार बिहानदेखि मौसममा क्रमशः सुधार हुने सम्भावना छ।

उनका अनुसार आगामी २४ घण्टाभित्र काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा पनि वर्षा हुने अनुमान छ, तर सबै स्थानमा लगातार वर्षा नहुने बताइएको छ।

यसैबीच, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा एक–दुई स्थानमा भारी हिमपातको सम्भावना रहेको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...