लामो दूरी जाने यात्रुलाई थप भाडा तिर्ने बाध्यता

Published on

काठमाडौं । दसैँ दिपावली र छठ पर्व गर्न घर आएका कर्मचारी, विद्यार्थी र मजदुरहरुलाई पश्चिम काठमाडौँ पोखरा धनगडीलगायतका लामो दूरी जानको लागि तोकिएको भाडामा थप तिन बाध्यता रहेका छ ।

लहानबाट काठमाडौँ जान एक हजार दुई सय भाडा तोकिएको भए पनि छठ पर्व सकिएलगत्तै काठमाडौँ जान एक हजार आठ सयदेखि दुई हजारसम्म तिरेर पनि बस हाइसमा टिकट पाउन सकिरहेको छैन ।

भगवानपुर गाउँपालिका ४ नम्बरका वडाध्यक्ष अमरलाल यादव भन्नुहुन्छ, ‘‘काठमाडौँ पढिरहेका छोरा छोरीलाई पठाउन थप रकम तिरेर पनि जसोतसो हाइस पाइयो । दसैँ लागेपछि काठमाडौँबाट घर आइपुग्न र छठ पर्व सकेपछि घरबाट काठमाडौँ जान थप रकम तिरेर पनि टिकेट पाइँदैन । यस्तो बेला थप सवारी साधन उपलब्ध गराइ दिए राहत हुन्थ्यो ।’’

मकालु काउन्टरका सञ्चालक जुगुत यादवसँग किन थप रकम लिइरहनु भएको छ भने जिज्ञासामा उहाँ भन्नुहुन्छ, ‘‘के गर्ने पूर्वबाट पश्चिम जाने यात्रुहरु आउने आइतबासम्म प्याक छ । काठमाडौँबाट फर्किदा एउटा पनि यात्रु नपाउने भएकाले यतिवेला सवारी साधनको इन्धन र चालकको खर्च जुटाउन पनि प्रति यात्रु थप भाडा लिनु परेको हो । थप तिरेर पनि आइबारसम्म टिकट उपलब्ध गराउन सकिरहेका छैन ।’’

कर्मचारी र व्यापारीहरु हवाइयात्रा गरेर पनि काठमाडौँ गइरहेका छन् भने उच्च शिक्षा हासिल गर्न काठमाडौँ पढिरहेका विद्यार्थीहरुलाई पुग्न टिकेट नपाउँदा ठुलो सास्ती नै खेप्नु परिरहेको बाध्यता रहेको लहान–१ का दिलिप साहले गुनासो पोख्दै हरेक वर्ष आइपर्ने यस्ता समस्या समाधानका लागि सरकार र सम्बन्धित निकायको ध्यान केन्द्रित हुनुपर्ने माग गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...