भासियो हुलाकी सडक

Published on

काठमाडौं । बर्दियाको गुलरिया–नेपालगन्ज खण्ड अन्तर्गतको हुलाकी सडक निर्माण सम्पन्न भएको चार महिनामै भासिन थालेको छ । करिब तीन अर्ब १५ करोड लागतमा बनेको उक्त चार लेन सडकका विभिन्न भाग अहिले भासिएर दुर्घटनाको उच्च जोखिममा परेका छन् । बढैयाताल गाउँपालिका–८ स्थित बरमेली टोलको सडकखण्डमा भासिएको भाग जोखिमपूर्ण बनेको छ । दैनिक सयौँ सवारीसाधन आवतजावत हुने यस सडकमा अहिले सडकको भासिएको भागले दुर्घटनाको सम्भावना बढाएको छ ।

स्थानीय शिवहरी गौतमका अनुसार सडक निर्माण सम्पन्न भएको केही महिनामै भासिन थालेपछि यात्रा असुरक्षित बनेको छ । उहाँले भन्नुभयो, “भासिएको ठाउँ त स्पष्टै देखिँदैन, कुनैबेला त्यहीँ गाडी प¥यो, जोखिम हुन्छ ।”

बढैयाताल गाउँपालिका–८ का वडाध्यक्ष तेजनाथ पौडेलले सडकमा उत्पन्न जोखिमबारे एक महिनाअघि नै हुलाकी सडक आयोजनालाई जानकारी गराइसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पत्राचार गरेर सूचित ग¥यौँ तर तत्काल मर्मतको काम सुरु भएको छैन । सडक भासिएपछि हुलाकी सडक आयोजना बाँकेले उक्त स्थानमा सावधानीका लागि सूचना बोर्ड राखेको छ । आयोजनाका कार्यान्वयन एकाइ प्रमुख लीलाबहादुर भण्डारीका अनुसार सडक भासिएको स्थानमा पहिल्यै कलभर्ट रहेको थियो र त्यही भाग कमजोर भएर धस्सिएको हो ।

भण्डारीले भन्नुभयो, “सडक निर्माणको जिम्मा लिएको शर्मा एन्ड कम्पनीलाई घटनाबारे जानकारी दिइसकिएको छ । कम्पनीले शीघ्र मर्मत सुरु गर्ने प्रतिबद्धता जनाएको छ ।” 

गुलरिया–नेपलगन्ज सडक निर्माणका लागि हुलाकी सडक आयोजना बाँके र शर्मा एन्ड कम्पनी काठमाडौँबिच २०७९ भदौ २६ गते ठेक्का सम्झौता भएको थियो । करिब २८ किलोमिटर लामो सडक २०८२ मङ्सिर २८ गतेभित्र सक्नुपर्ने भए पनि कम्पनीले तोकिएको समयभन्दा छ महिनाअघि नै काम सम्पन्न गरी स्याबासी पाएको थियो । चार महिनामै सडक भासिन थालेपछि निर्माणमा कमसल सामग्री प्रयोग गरिएको आशङ्का बलियो बन्दै गएको छ । यस परियोजना अन्तर्गत करिब १२ किलोमिटर चार लेन र १६ किलोमिटर डेडिकेटेड डबल लेन सडक निर्माण गरिएको थियो । अहिले स्थानीयवासी, चालक र जनप्रतिनिधिले तत्काल मर्मत अगाडि बढाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...