बहुप्रकोपीय साइरन जोडिएपछि स्थानीय ढुक्क

Published on

काठमाडौं । पाँचथरको फालेलुङ गाउँपालिका–५, प्राङ्बुङ बजारमा विपत्को पूर्वसूचना दिने बहुप्रकोपीय साइरन जडान गरिएपछि स्थानीय ढुक्क भएका छन् । बाढीपहिरो, भूकम्प, आगलागी र वन्यजन्तु आतङ्कलगायतका सूचना घरैबाट प्राप्त गर्न थालेपछि स्थानीय ढुक्क भएका हुन् । फालेलुङ बाढीपहिरो र आगलागीका दृष्टिकोणले जोखिम क्षेत्र हो ।

त्यहाँ नेपाल रेडक्रस सोसाइटी र फालेलुङ गाउँपालिकाको सहकार्यमा यस्तो साइरन जडान गरिएको छ । साइरनले बाढी, भूकम्प, पहिरो र अत्यधिक वर्षा हुने सूचना दिनुका साथै सुरक्षित रहन आमसर्वसाधारणलाई सूचित गराउन थालेसँगै आफूहरू ढुक्क भएको स्थानीय महेश मगर बताउनुहुन्छ । गत दसैँमा भारी वर्षा भइरहँदा मध्यरातमा समेत जोखिमको अवस्थाबारे सूचित गर्दा आफूहरूलाई जोखिमबाट बच्न सजिलो भएको उहाँको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि पाँचथरसहित देशका २६ जिल्लामा पानी पर्ने जोखिम रहेको बताइरहेका बेला आफूहरू तत्कालको जोखिमबारे सूचना साइरनबाटै पाउनेमा ढुक्क रहेको पनि मगरको भनाइ छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरका अधिकृत गुरुराज तिम्सिनाका अनुसार विपत्का समयमा हुने जनधनको क्षति न्यूनीकरणमा सहयोग पु¥याउन यहाँ बहुप्रकोपीय साइरन जडान गरिएको हो । साइरन जडान गर्न फिनिस रेडक्रसले सात लाख रुपियाँ आर्थिक सहयोग गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पाँचथरमार्फत फालेलुङमा सञ्चालन भइरहेको पूर्वतयारी तथा पूर्वअनुमानद्वारा विपत् प्रभाव न्यूनीकरण कार्यक्रम अन्तर्गत यो साइरन जोडिएको हो । रेडक्रस पाँचथरका अधिकृत गुरुराज तिम्सिनाका अनुसार साइरनलाई स्वचालित बनाउन पहिरो प्रभावित क्षेत्रमा सेन्सर जडान गर्न बाँकी छ ।

साइरन जडानका लागि रेडक्रससँग फालेलुङ गाउँपालिका–५ को वडा कार्यालयले औपचारिक अनुरोध र गाउँपालिकाबाट सिफारिस भएपछि प्रक्रिया अगाडि बढाइएको गाउँपालिका प्रवक्तासमेत रहेका फालेलुङ–५ का वडाध्यक्ष भरतकुमार खपाङ्गीमगरले जानकारी दिनुभयो ।

वडा नं. ५ को प्राङ्बुङ बजारमा जोडिएको उक्त साइरनको रिमोट कन्ट्रोल भने गाउँपालिका केन्द्र थकेपुङबाट हुने छ । साइरनबाट आउने सूचना जडान गरिएको स्थानदेखि पाँच किलोमिटर टाढासम्म सुन्न सकिने रेडक्रसले जनाएको छ । साइरनलाई चार्ज गर्न सोलार सिस्टम र विद्युत् दुवै प्रणालीबाट चार्ज गर्न मिल्ने ब्याकअप राखिएको छ ।

रेडक्रस पाँचथरका अधिकृत गुरुराज तिम्सिनाका अनुसार साइरनलाई स्वचालित बनाउन पहिरो प्रभावित क्षेत्रमा सेन्सर जडान गर्न बाँकी छ । यो जडानका लागि स्थानीयले माग गरिरहेका छन् ।  गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...