दाउन्नेको सडक एकतर्फी सञ्चालन

Published on

काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने सडकखण्ड बिहीबार बिहानदेखि एकतर्फी सञ्चालन भइरहेको छ । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घिउखोलाको उकालोमा सिमसिम परेको पानीले बाटो चिप्लो भइ गाडी उक्लिन नसक्दा गाडी एकतर्फी सञ्चालन भइरहेको नवलपुर प्रहरीले जनाएको छ ।

साथै यो खण्डमा बाटो विस्तारको काम पनि भइरहेकाले बिहान ७ः३० बजेदेखि थप समस्या भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालले जानकारी दिनुभयो । जिल्लाभर बिहानैदेखि सिमसिम पानी परिरहेको छ ।

बाटो हिलो र चिप्लो हुँदा उकालो बाटोमा मालबाहक सवारी साधन गुड्न नसकेको नेपालले बताउनुभयो । बाटो विस्तार भइसकेकाले नारायणघाट–बुटबल सडक खण्डको दाउन्ने बाहेकको अन्यत्र भने यात्रा सहज रहेको प्रहरीले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...