२२ वर्षपछि मुक्तिनाथ बाबा सडक कालोपत्र

Published on

काठमाडौं ।  नेपालको एक सय पर्यटकीय गन्तव्यको रुपमा सूचीकृत बागलुङको पञ्चकोट जाने छोटो सडक कालोपत्र गर्न थालिएको छ । ट्रयाक खुलेको २२ वर्षपछि सडक धमाधम कालोपत्र भइरहेको छ ।

पाँच कोटको सङ्गम स्थललाई धार्मिक पर्यटकीय केन्द्रका रुपमा विकास भएपछि त्यहाँ पुग्ने सडकलाई पक्की बनाउन थालिएको छ ।

सङ्घीय सरकार र बागलुङ नगरपालिकाको समपुरक अनुदानमा मुक्तिनाथ बाबा परिक्रमा सडक २०८१ असारदेखि स्तरोन्नति थालिएका थियो । अहिले उक्त सडकमा धमाधम कालोपत्र थालिएको हो ।

मुक्तिनाथ बाबा कमल नयनाचार्यको सङ्कल्पमा निर्माण भएको बागलुङ नगरपालिका–६ स्थित सर्वसिद्धिधाम पञ्चकोट पुग्ने सडकको करिब चार किमि सडक कालोपत्र थालिएको हो । २०६० सालमा ट्रयाक खोलिएको उक्त सडक २२ वर्षपछि कालोपत्र थालिएको हो ।

आठ करोड ६७ लाख ३६ हजारमा बागलुङ नगरपालिका–६ स्थित वडा कार्यालयदेखि भिरलाखुरी हुँदै पञ्चकोट पुग्ने सडक स्तरोन्नतिसँगै कालोपत्रका लागि ठेक्का सम्झौता भएको थियो । अहिले प्रिमिक्स प्रविधिद्वारा कालोपत्रको काम थालिएको बागलुङ नगरपालिकाका इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो । पञ्चकोट पुग्ने छोटो र स्तरीय सडकको रुपमा लिइएको उक्त सडकले धार्मिक पर्यटकलाई सहज बनाउने छ । झण्डै चार किमि लम्बाइ र ५.५ मिटर चौडाइ सडक कालोपत्र गरिएको छ ।

१० करोड लागतको डिपिआर निर्माण गरी सङ्घीय सरकारको समपुरकमा बजेट माग गरेको मा अहिले सङ्घीय सरकार र स्थानीय बागलुङ नगरपालिकाको ५०/५० प्रतिशत लगानीमा उक्त सडक निर्माण भइरहेको हो ।  २०८१ असारमा जुम्ली आरएस जेभीसँग ८ करोड ६७ लाखमा २०८२ माघ मसान्तसम्म कालोपत्र गर्नेगरी सम्झौता भएको थियो । सम्झौताभित्रै काम सक्नेगरी निर्माण व्यवसायीले धमाधम काम गरिरहेको छ । अहिले उक्त सडकको ७६ प्रतिशत भौतिक तथा ७२ प्रतिशत आर्थिक प्रगति भएको इन्जिनियर सोबिन घर्तीले जानकारी दिनुभयो ।

बागलुङ नगरपालिका–६ स्थित पञ्चकोटमा पुग्ने भारतीय तथा आन्तरिक पर्यटकलाई सडकले सहज बनाउने वडा अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । उहाँले पञ्चकोट पुग्ने मुक्तिनाथ बाबा सडक परिक्रमाले २ किमि सडक छोटो हुने बताउनुभयो । मुक्तिनाथ बाबाको परिकल्पनामा निर्माण भएको पञ्चकोटलाई दुईवटा सडकले परिक्रमा गराउने उद्देश्यले उक्त सडक स्तरोन्नति गरिएको बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...