विद्यालयमा अक्षयकोष स्थापना

Published on

काठमाडौं । पश्चिम गुल्मीको एक परिवारले स्वर्गीय छोराको सम्झनामा विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। यस जिल्लाको मदाने गाउँपालिका वडा १, झ्यानपानी अग्लुङ्गका वीरबहादुर बोहरा र खिमा बोहराले अग्लुङ्ग माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो। 

विशेषगरी विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहयोग होस् भन्ने उद्देश्य राखेर आफ्नो छोराको सम्झनामा यस विद्यालयमा एक लाख ५१ हजार रुपियाँ बराबरको अर्जुन स्मृति गरिब तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको बताइएको छ। अर्जुन बोहराको भारतमा काम गर्ने क्रममा दुर्घटनामा परी दश वर्ष अघि निधन भएको हो। 

उहाँहरुले वडा अध्यक्ष सुशील चन्द, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गुमान सिंह चन्द र प्रधानाध्यापक भविलाल खत्रीलई एक कार्यक्रमका बीच नगद रुपियाँ हस्तान्तरण गर्नुभएको थियो। वार्षिक ब्याजबाट प्राप्त रकमले प्रत्येक वार्षिक परीक्षाफल प्रकाशन वा विद्यालयको वार्षिकोत्सव समारोहमा अक्षयकोषको रकम उत्कृष्ट विद्यार्थीलाई प्रदान गरिने विद्यालयले जनाएको छ। 

अक्षयकोषले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि उल्लेखनीय भूमिका निर्वाह गर्नेछ। विद्यालयमा अक्षयकोषदातालाई भव्य स्वागत एवम् सम्मानसमेत गरिएको थियो। गरिब तथा जेहेन्दार विद्यार्थीको उज्ज्वल भविष्यका लागि उक्त अक्षयकोष उपयोग गरिने विद्यालयका प्रधानाध्यापक भविलाल खत्रीले बताउनुभयो। आगामी दिनमा पनि विद्यालयप्रति सहयोग र सद्भाव राख्न उहाँले आग्रह गर्नुभयो। 

वडा अध्यक्ष सुशील चन्दले यस्ता सामाजिक कर्मले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सहयोग पुर्‍याउने भन्दै अक्षयकोषदातालाई विशेष धन्यवाद व्यक्त गर्नुभयो। उहाँले यो कर्मले समग्र विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। ग्रामीण भेगको शैक्षिक गुणस्तर सुधार्न सबैको भूमिका महत्त्वपूर्ण रहोको वडा अध्यक्ष चन्दको भनाइ छ।गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...