धनकुटाको तिनघुम्तीमा बस दुर्घटना : एकजना घाइते

Published on

काठमाडौं । धनकुटा नगरपालिका–९ स्थित कोशी लोकमार्गमा पर्ने तिनघुम्तीमा बस दुर्घटना हुँदा एक जनाको घाइते भएका छन् । शुक्रबार बिहान करिब पौने ९ बजेको दमकबाट दिक्तेलतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९५१९ नम्बरको बस सडकमा पल्टिएको हो ।

बसको हावाको अचानक पाइप पड्किएर अनियन्त्रित हुँदा सडकमा पल्टिर दुर्घटना हुँदा बसमा सवार मोरङको लेटाङ नगरपालिका–३ बस्ने ५५ वर्षीया मिना गुरुङ घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बसमा करिब २७ जना सवार रहेका थिए । घाइते गुरुङको ढाडमा चोट लागेको र उपचारका लागि धनकुटा जिल्ला अस्पताल ल्याइएको प्रहरीको भनाइ छ । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...