मनास्लु क्षेत्रमा विदेशी पर्यटक पहिरोमा पुरिइन्

Published on

काठमाडौं । उत्तरी गोरखाको मनास्लु क्षेत्र घुम्न गएकी विदेशी महिला पर्यटकलाई पहिरोले पुरेको छ । चुमनुब्री गाउँपालिका – ३ न्याकफेदीनिर झरेको पहिरोले चेक रिपब्लिककी ५४ वर्षीया क्याटरिना रस्कोभालाई पहिरोले पुरेको गाईड रमेश भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार न्यायकफेदीभन्दा माथि भीरमा शुक्रबार बेलुका पहिरोले पुरेको हो । ‘‘भीरबाट झरेको पहिरोले उहाँलाई पुरेको छ,’’ गाईड भट्टे भन्नुभयो, ‘‘उहाँको टाउको मात्र देखिएको छ, उहाँका श्रीमान र म चाहि केहि मिटर दूरी टाढा भएकाले सकुशल छौँ ।’’

‘‘उक्त पदमार्गमा अत्यधिक मात्रामा पर्यटकको हिँडिरहनु भएको थियो,’’ भट्टले भन्नुभयो, ‘‘धेरै पर्यटक र गाईड हुँदा समेत पहिरोको जोखिम भएकाले कसैले पनि उद्धार गर्न सक्ने अवस्था छौँ ।’’ घटनाबारे थाहा पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय गोरखाले घटनास्थलतर्फ फिलिम चौकीबाट प्रहरी पठाइसकेको जनाएको छ । विदेशी महिला पर्यटक पुरिएको ठाउँभन्दा झण्डै आधा घण्टा अगाडि ठाउँ ठाउँमा ढुङ्गासहित ठुलो पहिरो खसिरहेका कारण दुर्घटनास्थलमा अझै प्रहरी पुग्न नसकेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठको भनाइ छ ।

पहिरो गएको न्यायक फेदी मानवीय बस्तीबाट धेरै टाढा भएकाले तत्काल उद्धार गर्न नसकिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताउनुभयो । मौसम खराब भएका कारण जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबारदेखि १६ गते आइतसम्म उत्तरी गोरखामा आउने आन्तिरिक तथा बाह्रय पर्यटकलाई यात्रा नगर्न सार्वजानिक सूचना समेत जारी गरी अपिल गरेको थियो ।गोरखापत्र 

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...