मुगुमा प्रभावकारी देखिएन मतदाता नामावली दर्ता कार्य

Published on

काठमाडौं । मुगुमा उत्साहजनक रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य अगाडि नबढेको पाइएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेपनि जिल्लामाको निर्वाचन कार्यालयमा सेवाग्राहीहरुले उत्साहकजनक रुपमा मतदाता नामावलीमा नाम दर्ता नगराइएको पाइएको हो ।

निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालय मुगुले असोज १० गतेबाट मतदाता नामावली दर्ता कार्य सुरु भएको हो । निर्वाचन कार्यालय मुगुको जानकारी अनुसार यस जिल्लामा हालसम्म ७७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । हालसम्म पुरुष ४३ र महिला ३४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका छन् ।

नाम दर्ता गराएकामध्ये ७२ जना जिल्लामै भोट हाल्ने छन् भने पाँच जनाले जिल्ला बाहिर भोट हाल्ने भएका छन् । यस जिल्लामा तीव्र रुपमा मतदाता नामावलीमा नाम दर्ताको कार्य नभएको जिल्ला निर्वाचन कार्यालय मुगुका निमित्त कार्यालय प्रमुख धनकृष्ण बढुवालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मतदाता नामावलीमा धैरैजना लाभान्वित हुन् भन्ने उद्देश्यले जिल्लाका चार वटा पालिकालाई तीन पटकसम्म पत्रचार गरेको छु । तैपनि निर्वाचन कार्यालयमा मतदाता नामावलीमा नाम दर्ताका लागि उत्साह नभएको देखिएको छ ।’’ मतदाता नामावलीमा नाम दर्ताका लागि जिल्लाका राजनीतिक दलले पनि प्रचारप्रसारमा सहजिकरण गर्न आवश्यक देखिएको छ ।

जिल्ला नागरिक समाजका संयोजक रुपबहादुर मल्लका अनुसार निर्वाचन कार्यालयको एउटा स्टेशन जिल्ला प्रशासन कार्यालयमा पनि स्थापना भएमा लाभान्वित थप बढ्ने उहाँको सुझाव रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...