कात्तिकमै हुस्सु लाग्दा बाँकेमा बढ्यो चिसो

Published on

काठमाडौं । पुस र माघ महिनामा लाग्ने हुस्सु र कुहिरो यस पटक कात्तिकमै लागेसँगै बाँकेमा चिसो बढेको छ । गर्मी भइरहेकै बेला मोन्था आँधीको असरले केही दिन मौसममा बदली भएर हल्का वर्षा भएपछि नेपालगन्जको मौसममा परिवर्तन सुरु भएको हो ।

तर मौसम परिवर्तनको सुरुमै आइतबार बिहानबाटै लागेको हुस्सु र कुहिरोले गर्दा स्थानीयले आश्चर्य प्रकट गरेका छन् ।

नेपालगन्ज ११ का स्थानीय फिरोज सिद्दिकीले यस अघि यति छिटो यसरी हुस्सु लागेको आफुले थाहा नपाएको बताउनुभयो । उहाँले यस्तो हुस्सु त पुस माघमा लाग्ने गरेको बताउनुभयो ।

हुस्सुका कारण नेपालगन्ज विमानस्थल बिहान नौ बजेसम्म खुलेको छैन भने अन्य सवारी साधन दुर्घटनाकोे जोखिम पनि बढेको छ । हुस्सुकै कारण बिहानका कामहरु प्रभावित भएको स्थानीयले जनाएका छन् ।

आइतबार बिहानबाटै सामाजिक सञ्जालदेखि लिएर भेटघाटमा समेत यो एक्कासी लागेको हुस्सु र कुहिरोले व्यापक चर्चा पाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...