नियमित विद्यार्थी पठाउन भन्दै डुम समुदायको दैलोमा प्रधानाध्यापक

Published on

काठमाडौं । सामुदायिक विद्यालयमा पढने विद्यार्थीहरुमा अधिकांश दलित विपन्न समुदायका बालबालिकाहरु नै भर्ना भएका हुन्छन् । नियमित विद्यालय नजाने समस्या समाधानका लागि लहान लहान–११ पिडरबोनी माध्यमिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु दलित बस्तीमा दैलो दैलोमा पुग्ने अभियान सुरु गरेको छ ।

त्यस विद्यालयका प्रधानाध्यापक बीरेन्द्रकुमार यादव भन्नुहुन्छ, ‘‘प्रधानाधयापक भएर आएको तीन महिनाको समयमा विद्यार्थीहरु सङ्ख्या हेर्दा अधिकांश दलित समुदायका विद्यार्थीहरु रहेका पाए । कक्षा ६ देखि १० कक्षासम्मका विद्यार्थीहरुको अनुपस्थित रहने गरेकाले चाहे अनुसारको सुधार गर्न कठिनाइ भएपछि दलित बस्तीमा पुगेर नियमित विद्यालय पठाउन अभियान सुरु गरेका छौँ ।’’

लहान–११ पिडरबोनीका राम उदगार मरिक (डुम) को घरमा पुगेर किन नियमित तपाईको चार जना विद्यार्थीहरु नियमित विद्यालय जाँदैन प्रश्न गर्दा हामी डुम समुदायका बालबालिकाहरु पढेर के गर्ने ? खालको कुराहरु सुन्दा संविधानले सारा विभेदहरु हटाइ सकेको छ । विद्यालयमा छुवाछुत छैन । डुम समुदायहरु जे समाजमा हेपिएका दबिएका छन् त्यसबाट मुक्त हुन शिक्षा नै आवश्यक रहेको चेतना दिएपछि मरिक परिवारले नियमित विद्यालय पठाउने विश्वास दिलाएको प्रअ यादवले सुनाउनुभयो ।

दैलोमा आएर नियमित विद्यालय विद्यार्थी पठाउन विद्यालयका प्रअ शिक्षकहरुले आएर दिएको जन चेतनाले अब नियमित विद्यालय पठाउने रामउदगार मरिक (डुम) ले प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘‘डुम समुदायलाई हेर्ने दृष्टिकोण परिर्वतन भएको महसुस पनि भयो ।’’ उहाँले भन्नुभयो ।

मधेश प्रदेशका डुम समुदाय र मुसहर समुदायका बालबालिकाहरु अहिले पनि नियमित विद्यालय नजाने बाल श्रमिकको रुपमा काम गर्ने बालविवाह हुने गरेकाले डुम र मुसहर समुदायलाई शिक्षाको मूलधारमा ल्याउन विशेष कार्यक्रमको आवश्यकता रहेका दलित अगुवा लेखक राजेश राम विद्रोहीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पिडरबोनी माविका प्रअ लगायत शिक्षकहरुले गरेका प्रयास सार्थक देखियो । यस्तै किसिमको जनचेतना दलित बस्तीमा सामुदायिक विद्यालयहरुले फैलाउन आवश्यक छ ।’’

लहान नगरपालिका प्रमुख महेशप्रसाद चौधरीका अनुसार दलित समुदायहरु रहेका बस्तीलाई ध्यानमा राखेर प्रस्तावित माध्यमिक विद्यालय सञ्चालन र दलित बालबालिकाहरुलाई यस वर्षदेखि शैक्षिक सामग्रीको रुपमा कपि पेन्सिल निःशुल्कमा वितरण गर्ने कार्य अघि बढाएका छौँ । दलित बस्तीहरुमा ४१ वटा निःशुल्क टियुशन कक्षा पनि चलिरहेका छन् । विद्यार्थीहरुलाई नियमित कक्षामा हाजिर हुन पिडरबोनी माध्यमिक विद्यालयका प्रअ यादवले थालेको यो कार्यलाई ५९ वटै सामुदायिक विद्यालयमा लागू गराउछौँ ।

डुम र मुसहर समुदायको बालबालिकाहरुलाई शिक्षा दिइनका लागि आवास विद्यालय बनाउनुपर्ने पटक पटक मधेश प्रदेशमा आवाज उठाइ रहेका प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुक्खा पहिरो खसेर मेची राजमार्ग अवरुद्ध

काठमाडौँ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुस्थित खोक्से खोला–ल्याङ्बा सडकखण्डमा सुक्खा पहिरो खसेर मेची राममार्ग...

अर्थमन्त्री वाग्लेद्वारा पदभार ग्रहणः १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा स्वार्णिम वाग्लेले पदभार ग्रहण गर्नुभएको छ । राष्ट्रपति रामचन्द्र...

सञ्चारमन्त्री डा. तिमल्सिनाद्वारा पदभार ग्रहण

काठमाडौँ । नुवाकोट–१ बाट निर्वाचित सांसद डा. विक्रम तिमल्सिना सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा...

प्रधानमन्त्री शाहलाई भारतीय समकक्षी मोदीको बधाई

काठमाडौँ । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बधाई दिनुभएको...