अछामको साँफे बजारमा आगलागी, सात पसल जलेर नष्ट

Published on

काठमाडौं । अछामको प्रमुख व्यापारीक केन्द्र साँफेबगर नगरपालिका–३ स्थित हाटबजारमा शनिबार राति भीषण आगलागी भएको छ। आगलागीमा परि सातवटा पसल पूर्णरूपमा जलेर खरानी भएका छन्।

स्थानीयका अनुसार आगो करिब राति पौने ९ बजे सुरु भएको थियो। गत वैशाख १३ गते पनि यही स्थान नजिकै आगलागी हुँदा ठुलो क्षति भएको थियो। छ महिनाभित्र दोस्रो पटक लागेको आगलागीले बजारका व्यापारीहरू पुनः शोकमा डुबाएका छन्।

सुरक्षा निकाय, स्थानीय बासिन्दा र निर्माण व्यवसायी गौतम कुँवरको जेसिबी तथा इन्दसरा आयल स्टोरको पानी ट्याङ्करको सहयोगमा करिब डेढ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भएको थियो।

जलेर नष्ट भएका पसलहरूमा अशोक कुँवरको जुता पसल, महेन्द्र कार्कीको किराना पसल, बलबहादुर कुँवरको होटेल, सुमन कुँवर (ईभी) को काण्टर/डोका डाला पसल, कर्ण कुँवरको अग्रोभेट सेन्टर, वैद्यनाथ फेन्सी स्टोर र नरबहादुर गिरीको सिलाइ–कटाइ पसल रहेका छन्।

प्रारम्भिक अनुसन्धान अनुसार, विद्युत् सर्टका कारण आगलागी भएको जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ। संयुक्त प्रयासले आगो नियन्त्रणमा लिन सफल भए पनि पसलभित्र रहेका सामान बचाउन सकिएन।

प्रारम्भिक अनुमान अनुसार आगलागीबाट लाखौँ रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। स्थानीय प्रशासनले पीडित व्यापारीहरूलाई राहत प्रदान गर्ने र क्षतिको विवरण संकलन गर्ने कार्य अघि बढाएको जनाएको छ।गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...