रुकुमपूर्वमा अटो दुर्घटना : जेठानी–देउरानीको मृत्यु, पाँच घाइते

Published on

काठमाडौं । रुकुमपूर्व भूमे गाउँपालिका–१ पञ्चासेमा अटो दुर्घटना हुँदा एकै घरका दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते हुनु भएका छन् ।

शनिबार साँझ पौने ६ बजेको समयमा रा १ ह ६७९७ नम्बरको अटो लुगुमबाट ब्राहताल जाँदै गर्दा पञ्चासेस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) उमाशङ्करप्रसाद यादवले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा भूमे–१ का ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया फिसोल्टी भन्ने सबिता घर्ती भएको डीएसपी यादवले बताउनुभयो । मृत्यु हुने जेठानी–देउरानी हुन् । घटनास्थलबाट उद्धार गरी रुकुमपूर्व अस्पतालमा ल्याइ चेकजाँच गर्दा चिकित्सकले उहाँहरुको मृत्यु भइसकेको घोषणा गरेको प्रहरीले जनाएको छ । दुबैको शव पोस्टमार्टमका लागि रुकुमपूर्व अस्पताल रुकुमकोटमा राखिएको ।  

यसैगरी, भूमे–१ का २६ वर्षीया प्रतिक्षा बुढा, बुढाका छोरा ११ महिनाको सुभम बुढा, २५ वर्षीया ब्युटी पुन, पुनका छोरी २ वर्षीया समृद्धि पुन र ३ वर्षीया सक्षम घर्ती घाइते हुनु भएको छ । घाइते पाँच जनाको रुकुमपूर्व अस्पतालबाट उपचार पश्चात् डिस्चार्ज भइसकेको प्रहरीले जनाएको छ ।  

दुर्घटनापछि फरार रहेका अटो चालक भूमे–१ लुगुमका ३० वर्षीय जोते भन्ने जोतिलाल घर्तीलाई आइतबार बिहान प्रहरीले नियन्त्रणमा ल्याएको छ । मध्यपहाडी लोकमार्गदेखि अटो तीन सय मिटर तल खसेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ रहेको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...