उत्तरी गोरखाको मनास्लु पदमार्ग पर्यटकका लागि खुला

Published on

काठमाडौं । उत्तरी गोरखाको मनास्लु पदमार्ग पुनः पदयात्रीको लागि खुला गरिएको छ । जिल्ला प्रशासन कार्यालय गोरखाले आइतबार एक सूचना जारी गर्दे अनुकूल मौसम सुरु भएसँगै मनास्लु क्षेत्रका सबै पदमार्गमा आवतजावतमा अनुमति दिएको हो ।

बिगत केहि सातादेखि जिल्ला प्रशासन कार्यालय गोरखाले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा लगातर परेको पानी र हिमपातले विपद् जोखिम बढ्ने भएकाले मनास्लु पदमार्गअन्तर्गत पदयात्रीहरुलाई पदयात्रा नगर्न सार्वजानिक सूचना जारी गरी पदमार्ग बन्द गरेको थियो ।

जिल्ला प्रशासन कार्यालय गोरखाले स्थानीय निकाय, पर्यटन व्यवसायी तथा सम्बन्धित निकायसँग समन्वय गर्दै अहिले गोरखामा मौसमस्थिर हुँदै गएको र हिउँ तथा विपदका जोखिम घटेकाले पदयात्रा पुनः सञ्चालन गरिएको पुगेको सूचनामा भनिएको छ ।

गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी बरालले भन्नुभयो, ‘‘मनास्लु क्षेत्रमा हाल यात्रा गर्न उपयुक्त समय सुरु भएको छ । पदयात्रीले आवश्याक अनुमति पत्र लिएर मात्रा यात्रा गनुपर्छ ।’’ पदयात्रीको सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय गाईड टोली तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ ।

जल तथा मौसम विभागको प्रकाशित मौसमको पूर्वानुमान अनुसार मौसममा क्रमिक सुधार हुँदै गएकाले पदयात्रामा हिँड्नु हुने पदयात्रीलाई पथपर्दशको सहयोगमा पदमार्गको सूचना लिई सुरक्षित आवतजात गर्न प्रशासनले सूचना निकालेर आग्रह गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी बरालका अनुसार पदमार्ग भत्केको अवस्थामा यात्रा नगर्ने, पदयात्रा गर्दा प्रयाप्त सावधानी अपनाउने र मौसम प्रतिकुल हुनसाथ आवतजावत रोकी सुरक्षित स्थानमा बास बस्न सूचनामा भनिएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...