दार्चुला नजिक ४.१ म्याग्निच्युडको भूकम्प

Published on

काठमाडौं । नेपालको सुदूरपश्चिम क्षेत्र दार्चुला नजिक बिहीबार राति भूकम्पको हल्का धक्का महसुस गरिएको छ।
भूगर्भ विभाग अन्तर्गतको राष्ट्रिय भूकम्प मापन केन्द्र (एनईएमआरसी)का अनुसार राति १० बजेर ४० मिनेटमा दार्चुला जिल्लाको तवाघाट आसपास, भारत सीमाक्षेत्र केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको झट्का दार्चुला र आसपासका क्षेत्रमा हल्का रूपमा महसुस गरिएको भए पनि अहिलेसम्म मानवीय क्षति वा भौतिक नोक्सानीको कुनै विवरण प्राप्त भएको छैन।

पछिल्ला वर्षहरूमा सुदूरपश्चिमका विभिन्न जिल्लामा साना–ठूला भूकम्पका धक्का अनुभूत हुँदै आएका छन्।
भूगर्भ विभागले नागरिकलाई सचेत रहनुका साथै आधिकारिक सूचना र निर्देशनका लागि विभागका स्रोतहरू अनुसरण गर्न आग्रह गरेको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...