पाल्पाको सत्यवतीमा भेटी गणना सुरू

Published on

काठमाडौं । भक्तजनले चढाएका भेटी गन्न सुरु गरिएको छ । जिल्लाको तिनाउ गाउँपालिका–४, स्थित सत्यवतीमा चिच्याएर वर माग्न आएका भक्तजनले चढाएका भेटी गणना सुरु भएको हो ।

चार दिनसम्म चलेको मेलामा सहभागी तीन लाखभन्दा बढी भक्तजन सहभागी भएका थिए । भक्तजनले चढाएका नगद भेटी तथा अन्य जिन्सी दान गणना गर्ने काम सुरु गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । समितिका पदाधिकारी, तिनाउ गाउँपालिकाका कर्मचारी, स्थानीय प्रहरी प्रशासनको रोहबरमा भेटी तथा दान गणना कार्य भइरहेको समितिका अध्यक्ष दानबहादुर गाहाले बताउनुभयो ।

कात्तिक १५ गतेदेखि १९ गतेसम्म सत्यवतीमा चिच्याएर वर माग्ने अनौठो मेला लागेको थियो । पहिलो दिन बिहीबार १७ लाखभन्दा बढी भेटी गणना गरिएको समितिका अध्यक्ष गाहाले बताउनुभयो । हाल भेटी तथा अन्य जिन्सी दान गणना कार्य चलिरहेकाले सकिए पनि सबै विवरण सार्वजनिक गरिने उहाँले बताउनुभयो । समितिले पछिल्लो तीन वर्षयता पारदर्शी रुपमा भेटी गणना गर्दै आएको छ ।

गत वर्ष ३२ लाख ८१ हजार भेटी सङ्कलन भएको थियो । पाल्पाको धार्मिक संस्थामा यहाँ मात्र पारदर्शी रूपमा भेटी गणना हुन्छ । तिनाउकै सिद्धबाबा मन्दिर, रिव्दीकोटको भैरवस्थान मन्दिर, तानसेनको ऋषिकेश मन्दिर, रम्भाको रम्भादेवी मन्दिरमा पनि भेटी गणना पारदर्शी हुन नसकेको सरोकारवालाहरूले बताएका छन् ।

परापूर्वकालमा जङ्गलको बीचमा गएर सत्यबज्यैले शक्ति प्राप्त गरेको उल्लेख छ । बज्यै बहिरी भएका कारण चिच्याएर वर मागे पूरा हुने धार्मिक तथा परम्परागत विश्वास छ । यही विश्वासका कारण यहाँ हरेक वर्ष तिहार पर्वपछिको पूर्णिमामा वर माग्ने मेला लागेको छ । वर माग्नका लागि नेपालका विभिन्न स्थानसहित भारतबाट समेत भक्तजन आउने गरेको गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...

टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार...

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

काठमाडौँ । बाँके जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको संख्या बढ्दै...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा...