सेलिबाङ दह जाने पर्यटक वृद्धि

Published on

काठमाडौं । नाँम्खा गाउँपालिका– ६ को पर्यटकीय क्षेत्रका रुपमा रहेको सेलिवाङ दह जाने पर्यटकको सङ्ख्यामा निक्कै वृद्धि भएको छ । लिमी लाप्चा जाने मुख्य सडक मै पर्ने भएको कारण सो क्षेत्र जाने पर्यटकहरु गाडी रोकेर सेलिवाङ दह हेर्ने र घुम्ने क्रम वर्षेनी वृद्धि हुँदै गएको हो ।

मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने क्रममा सेलिबाङ दह घुम्न निस्कनुभएकी छपाल लामाले निक्कै रमणीय र दृश्यावलोकन गर्न योग्य क्षेत्रका रुपमा सेलिबाङ दह रहेको बताउनुभयो । आफ्नो समूह जस्तै लाप्चा पुगेर मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने जो कोही पनि दह घुम्न निस्कने गरेका छन् । अझ उहाँले दसैँ तिहार बिदामा बढि आन्तरिक तथा बाह्य पर्यटकहरुले सो दह अवलोकन गर्न पुगेको बताउँदै अब हिउँ नपरुन्जेल पर्यटकहरु गइरहने जानकारी दिनुभयो ।

लिमीका वडा अध्यक्ष पाल्जोर तामाङले मानसरोवर कैलाशको दुरदर्शन गर्न जाने प्रत्येक पर्यटकले दह हेर्नुका साथै सेलिबाङ दहसम्म मात्र घुम्न जाने पर्यटकहरु पनि रहेको बताउनुभयो । उक्त दहको छेउसम्म सडक पुगेका कारण पनि दह घुम्ने पर्यटकहरु बढी रहेको उहाँले बताउनुभयो ।

यसवर्ष जेठ महिनायता सेलिबाङ दह घुम्नेको सङ्ख्या एक हजार ७५३ जना पुगेको बताउँदै यसको प्रचार प्रसार गर्न सके अझै पर्यटक बढ्ने वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो। गत वर्ष एक हजार २१६ जनाले दहको अवलोकन गर्नुभएको थियो ।

उक्त दह चार हजार पाँच सय मिटर उचाइ छ । सल्लीबाट न्यालु लेकसम्मको सडकको स्तरोन्नती गर्नुपर्ने सो क्षेत्र जाने पर्यटकहरुको माग रहँदै आएको छ । सेलिबाङ दह एक पर्यटकीय क्षेत्रका रुपमा छ । त्यहाँ जाँदा खानेकुरा भने सबै बोकेर जानुपर्ने हुन्छ । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...