तम्घासमा गाउँका कुकुर पसेपछि व्यवस्थापनमा थप चुनौती

Published on

काठमाडौं । गुल्मीको सदरमुकाम तम्घासमा गाउँका कुकुर आउने र गाउँ नजाने भएपछि व्यवस्थापनमा थप चुनौती देखापरेको छ । रेसुङ्गा नगरपालिका, पशुसेवा शाखाका हिक्मतसिंह महराका अनुसार गाउँबाट तम्घासमा भुस्याहा कुकुरहरु आउने र उनीहरुले बच्चा जन्माउने भएका कारण व्यवस्थापनमा थप चुनौती देखापरेको बताउनुभयो । नगरभित्र रहेका भुस्याहा कुकुरहरुलाई स्थायी बन्ध्याकरण गर्दै आएपनि गाउँबाट आउने कुकुरहरुको सङ्ख्यामा वृद्धि भएका कारण थप ब्यवस्थापनमा समस्या भएको उहाँको भनाइ छ । गाउँबाट सदरमुकाम तम्घासमा बजार गर्न आउने व्यक्तिहरुसँगै कुकुर आउने र सदरमुकाममै रहने भएका कारण भुस्याहा कुकुर वृद्धि भएको महराले बताउनुभयो ।

सदरमुकाम तम्घासमा व्यापार गर्दै आउनुभएका जनक पन्तले तम्घास बजारमा भुस्याहा कुकुर भुकेका कारण राती सुत्नसमेत समस्या भएको बताउनुभयो । नगरपालिकाले नागरिकहरुलाई आनन्दसँग सुत्ने वाताबरण मिलाइदिन पनि उहाँले आग्रह गर्नुभयो । यसका साथै सडकमा सवारी चलाउँदा छाडा कुकुरका कारण थप दुर्घटना निम्त्याउने जोखिम बढेको र रातको समयमा सडकमै कुकुरहरु भुक्ने र व्यक्तिको पिछा लाग्ने भएका कारण पनि ज्यान बचाउनै समस्या हुने गरेको यहाँका स्थानीयहरुले बताउँदै आएका छन् ।रेसुङ्गा नगरपालिका वडा नम्बर ९ उपल्लो तम्घासकी सीता कुँवरले बच्चाहरुलाई विद्यालय जाँदा र आउँदा पनि बाटोमा छाडा कुकुरले झम्टने भएका कारण थप चुनौती देखिएको र यसको व्यवस्थापनमा सरोकारवाला निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।

घरपालुवा कुकुर दर्ता भए नवीकरण भएनन्

रेसुङ्गा नगरपालिकाले घरमा कुकुर पाल्न अनिवार्य रुपमा दर्ता गर्नुपर्ने बताएपछि  दर्ता भएका घरपालुवा कुकुर हालसम्म पनि नविकरण भएका छैनन् । पशु विकास शाखाका अनुसार गत आर्थिक वर्षमा ४७ वटा घरपालुवा कुकुरहरु दर्ता भएको भए पनि हालसम्म कुनै कुकुर नवीकरण भएका छैनन् । नवीकरण गर्नका लागि आग्रह गर्दै आए पनि नवीकरण हुन नसकेको र थप सूचना जारी गर्ने गरी आफूहरु लागेको महराले बताउनुभयो ।

घरपालुवा कुकुर दर्ताका लागि नगरपालिकाले तीन सय रुपियाँ र नवीकरणका लागि एक सय रुपियाँ शुल्क निर्धारण गरेको छ । यसका साथै गत आर्थिक वर्षमा नगरपालिकाले १०७ कुकुरको स्थायी बन्ध्याकरण गरेको र पुस वा माघ महिनामा पनि स्थायी बन्ध्याकरण गर्ने गरी योजना बनाएको पशु विकास शाखाले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...