उत्तरी गोरखाको लापु–गुम्दा–लप्सीबोट सडक मर्मत

Published on

काठमाडौं । उत्तरी गोरखाको धार्चे गाउँपालिकाअन्तर्गत पर्ने लापु – गुम्दा – लप्सीबोट सडक खण्ड मर्मत कार्य सम्पन्न भएको छ । धार्चे गाउँपालिका – ७ लापु, वडा नम्बर ५ गुम्दा र ४ को लप्सीबोटको लाप्राकसम्मको सडकमा गाउँपालिकाको जेसिबी प्रयोग गरी सडक मर्मत कार्य सम्पन्न भएको हो ।

‘‘लामो समयदेखि वर्षायामका कारण सडकको अवस्था अत्यन्त जीर्ण बनेको थियो ।,’’ धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले भन्नुभयो, ‘‘सडकका विभिन्न भागमा पहिरो, हिलो र खाल्डाखुल्डीका कारण बिरामी बोक्ने एम्बुलेन्सलाई समेत आबतजाबतमा समस्या भएपछि पालिकाको आफ्नै स्रोत र साधन प्रयोग गरी सडक मर्मत कार्य समपन्न गरिएको उहाँले बताउनुभयो ।’’

उक्त सडक मार्गमा पालिकाको जेसिबीमार्फत सडकमा जम्मा भएका ढुङ्गा, माटो र पहिरो पन्छाई सडक सम्याउने, खाल्डाखुल्डी पुर्ने र पानी बग्ने निकास बनाउने काम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ ।

सडक मर्मत सम्पन्न भएपछि शुक्रबारबाट स्थानीयवासीले सहज रुपमा गाउँ बजार र माछी खोलासम्म सवारीसाधनमा आवतजावत गर्नुका साथै कृषि उपज, निर्माण सामग्री र दैनिक उपभोगका सामान ढुवानीमा पनि सहजता भएको स्थानीय युवा सुनबहादुर गुरुङको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष गुरुङले उत्तरी गोरखामा सडक मर्मत कार्यलाई निरन्तरता दिइने बताउनुभयो । ‘‘हाम्रो प्राथामिकता पालिकाको बासिन्दाको सहज आवतजावत हो । हरेक वडामा मर्मत आवश्यक सडकको विवरण सङ्कलन भइरहेको छ ।’’

पालिकाले हिउँद सुरु हुने अघि नै प्रमुख ग्रामीण सडकहरुको मर्मत सक्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेतले बताउनुभयो । स्थानीयवासीहरुले पालिकाको यो पहल कदमीले स्थानीय सरकार भएको अनुभूत गरेको धार्चे – ७ का स्थानीय युवा राज गुरुङले बताउनुभयो ।

उक्त सडक मर्मत कार्यले बजारसम्म पुग्न र समयको बचत भएको र बिरामीलाई स्वास्थ्य संस्थामा पुर्‍याउन राहत मिलेको छ । लापु–गुम्दा–लप्सीबोट सडक मर्मत कार्यले धार्चे गाउँपालिकाको उत्तरी क्षेत्रका बासिन्दाको दैनिकीमा ठुलो सहजता ल्याएको छ ।

धार्चे गाउँपालिकाको एक वडाबाट अर्को वडामा पुग्न पैदल ५ देखि ६ घण्टा लाग्ने भएकाले पनि धार्चेबासीहरु गाउँपालिकाले पहलले ग्रामीण पूर्वाधार सुधारको दिशामा थप आशा जगाएको स्थानीयहरुले विश्वास गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...