गुल्मीमा १८ सयभन्दा बढी नयाँ मतदाता

Published on

काठमाडौं । आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभाको निर्वाचनका लागि गुल्मीमा पनि नयाँ मतदाता नामावलीमा नाम दर्ता र अद्यावधिक गर्ने कार्य तीव्र रुपमा अघि बढिरहेको छ । यस जिल्लामा निकै उत्साहका साथ मतदाता नामावलीमा नाम दर्ता गराउन आएको जिल्ला निर्वाचन कार्यालय गुल्मीले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी हर्क श्रीसका अनुसार हालसम्म यहाँ नयाँ मतदाता एक हजार ८७९ जना मतदाताले फोटोसहितको मतदाता परिचयपत्रका लागि नाम दर्ता गराउनुभएको छ । जसमा महिला ७७५ र पुरुष एक हजार १०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउनुभएको हो । निर्वाचन आयोगको गत असोज ९ गतको निर्णयअनुसार असोज १० गतेबाट जिल्लामा मतदाता नामावली दर्ता कार्य सुरु भएको उहाँले बताउनुभयो ।

नाम दर्ता गराउनुभएकामध्ये एक हजार ८४२ जनाले जिल्लामै र ३७ जनाले जिल्लाबाहिर भोट हाल्नु हुनेभएको छ । यस जिल्लामा मतदान स्थल परिवर्तन (ठाउँ सारी) २३५ जना र ८६ जना मतदाताको त्रुटि सच्याइएको छ । अहिलेसम्म यस जिल्लामा तीव्र रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलनको कार्य भइरहेको छ । सो कार्य निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालयमा रहेको स्टेशनबाट भइरहेको हुँदा धेरै नागरिक लाभाम्बित हुनुभएको निर्वाचन कार्यालय गुल्मीका प्रमुख ऋषि घिमिरेले बताउनभयो । उहाँका अनुसार थपिनुभएका नयाँ मतदाताहरु अधिकांश युवा पुस्ताका रहनुभएको छ ।

अधिकांश मतदाताले आफैँ मोबाइल वा कम्युटरबाट फारम भरेर कार्यालयमा बायोमेट्रिक गर्ने हुँदा एकैदिनमा धेरै जनाको नाम दर्ता हुने गरेको पाइएको उहाँले बताउनुभयो । एक जिल्लाको मतदाताले जुनसुकै जिल्लाको निर्वाचन कार्यालयमार्फत पनि मतदाता नामावली दर्ता गराउन सक्ने व्यवस्था रहेको छ ।

दुई निर्वाचन क्षेत्र रहेको यस जिल्लामा २०७९ को निर्वाचनमा कुल दुई लाख २४ हजार २७६ मतदाता रहनुभएको थियो । जसमा महिला एक लाख १४ हजार २१५, पुरुष एक लाख १० हजार ५९ र २ जना अन्य मतदाता रहनुभएको थियो । निर्वाचन कार्यालयले मतदान स्थल पुनरवलोकनका लागि सर्वपक्षीय छलफलसमेत गरेको छ । यहाँ १४२ मतदान स्थल र २७८ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...

टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार...

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

काठमाडौँ । बाँके जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको संख्या बढ्दै...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा...