निर्वाचनको माहोल बनाउँदै विभिन्न दलका युवा नेता

Published on

काठमाडौं । विभिन्न दल आबद्ध युवाहरु आगामी फागुन २१ गते हुने निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन सक्रियतापूर्वक लागिरहेका छन् । लोकतन्त्रलाई सही मार्गमा ल्याउन र जेनजी आन्दोलनमा उठेका मागहरु सम्बोधनका लागि पनि निर्वाचनको विकल्प नरहेका युवा नेताहरु प्रष्ट धारणा सार्वजनिक गरिरहेका छन् ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य सत्यनारायण यादव भन्नुहुन्छ, ‘‘चुनावको माहोल बनाउन गाउँगाउँ पुगेर एक किसिमको अनौपचारिक अभियानमा लागेका छौँ । अब पार्टीको झण्डा र ब्यानरसहित नै औपचारिक रुपमा निर्वाचनमको पक्षमा जनता समाजवादी पार्टी अभियान नै सुरु गर्नेछौँ ।’’

फागुन २१ गतेको निर्वाचनमा मतदाता नामावलीमा धेरैको नाम छुटेकाे छ । त्यसमा दलित समुदायका अधिकांश मतदाताहरु वञ्चित छन् । मतदाता नामावलीमा नाम समावेश गर्न सिराहा सदरमुकाम जानुपर्ने बाध्यतालाई हटाउन स्थानीय वा क्षेत्रीय रुपमा फेरि मौका दिइनुपर्ने विषयमा हामी पहलमा लागेको उहाँले बताउनुभयो ।

चुनाव लक्षित कार्यक्रममा हामी होमिइसकेको जनमत पार्टीका केन्द्रीय सदस्य बालेश्वर यादवले बताउनुभयो । उहाँका अनुसार चुनावको विकल्प हामीले देखेका छैनौँ । चुनावको माहाेल मधेश प्रदेशमा सकारात्मक रुपमा अघि बढाउन हाम्रो पार्टीले युवाहरुलाई परिचालित गरिसकेको छ । नेकपा एमालेका मधेश प्रदेश कमिटीइका सदस्य युवा नेता सुमेश यादव भन्नुहुन्छ, ‘‘हाम्रो पार्टीको महाधिवेशन अहिले मुखमा रहेकाले हामी यसको तयारीमा लागेका छौँ । महाधिवेशको तयारी र निर्वाचनको तयारी पनि सँगसँगै भइरहेका छौँ । एमाले निर्वाचनबाट भाग्न मिल्दैन ।’’

नेपाली काँग्रेसका सिराहा –१ का क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख समेत रहनुभएका महेशप्रसाद चौधरीले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी रहेकोले निर्वाचनबाट भाग्ने कुरा कल्पना पनि गर्न सकिँदैन । हामी आन्तरिक रुपमा निर्वाचनको तयारीमा जुटिसकेको प्रष्ट्याउनुभयो । भर्खरै एकता गरेका र दसवटा कम्युनिष्ट मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टी निर्वाचनको पक्षमा वातावरण बनाउन देशभरि नै नेता कार्यकर्ता परिचालन  रहेकोले मधेश प्रदेशमा चुनावी महोल बनाउन मतदाता नामावली र परिवर्तित अवस्थामा जेनजी आन्दोलनबाट उठेका मागहरु राख्न चुनावमा होमिसकेको पूर्व सामान्य प्रशासन मन्त्रीसमेत रहनुभएका रामचन्द्र यादवले बताउनुभयो ।

यता जेनजी समूहका युवाहरु निर्वाचनको माहोल बनाउन र जेनजी आन्दोलनको उपलब्धि हासिल गर्न सिराहाका १७ वटै पालिकामा सक्रियता बढाएको सल्लाहकार सुदीप कुशवाहले जानकारी गराउनुभयो ।

निर्वाचनको मतदाता नमावली छुटेकाहरुको नामावली समावेश गर्न सदरमुकाम नै जानुपर्ने अवस्था रहेकाले यसलाई इलाका प्रशासन कार्यालय लहानमा व्यवस्थापन गर्न निकै दबाब आइरहेकाले यसबारे माथिल्लो निकायमा छलफल चलिरहेका इलाका प्रशासन कार्यालय लहानका अधिकृत सन्तोष रायले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

सुनसरीमा हर्षोल्लासका साथ रामनवमी पर्व मनाइयो

काठमाडौँ । सुनसरीको पवित्र धार्मिक स्थल रामधुनी मन्दिर र अन्य राम मन्दिरहरूमा हर्षोल्लासका साथ...

टिप्परको ठक्करबाट महिलाको मृत्यु, सडक अवरुद्ध

काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका–१३ भ्युडरटोलमा टिप्परको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। शुक्रबार...

बाँकेमा मोतिविन्दुका बिरामी बढ्दै

काठमाडौँ । बाँके जिल्लाका ग्रामीण र शहरी क्षेत्रमा पछिल्लो समयमा मोतिविन्दुका बिरामीको संख्या बढ्दै...

सुनचाँदीको मूल्यमा केही गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा...