सडक मापदण्डभित्रका घरटहरा हटाउन आग्रह

Published on

काठमाडौं । यहाँस्थित रुरुक्षेत्र गाउँपालिकाले सडक स्तरोन्नति सहज र प्रभावकारी बनाउन सडक मापदण्डभित्र पर्ने घरटहरा तथा संरचना हटाउन सम्बन्धित बासिन्दालाई अनुरोध गरेको छ । मदन भण्डारी राजमार्ग योजना कार्यालयले सडक मापदण्डभित्र पर्ने घरटहरा, पसल र अन्य संरचनाहरुले सडक निर्माणमा अवरोध पु¥याइरहेकाले गाउँपालिकालाई समयमै उक्त संरचना हटाइदिन पत्राचार गरेको थियो । सोही पत्राचारलाई आधार मान्दै रुरुक्षेत्र गाउँपालिका–१ को रिडीबजार, वडा नं ३ को पानीट्यांकी क्षेत्र तथा वडा नं ४ अन्तर्गत आमपोखरा र बलेटक्सार बजार क्षेत्रमा सडकको मापदण्डभित्र पर्ने घरटहरालगायतका संरचना हटाउन सूचना जारी गरिएको गाउँपालिकाले जनाएको छ । 

निर्माणमा ढिलाइ हुँदा क्षतिपूर्ति उपलब्ध गराउने काममासमेत ढिलाइ हुनसक्ने जनाउँदै उक्त कार्यमा सहयोग गर्न स्थानीयलाई आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले बताउनुभयो । २०७९ फागुन २६ मा समानान्तर–एलाइट जेभी काठमाडौँमार्फत रु एक अर्ब ५० करोडको लागतमा सडक स्तरोन्नति गरिरहेको छ । रुरुक्षेत्र गाउँपालिकाको रिडीदेखि गुल्मी दरबार गाउँपालिकाको रुन्खादहसम्म २५ किलोमिटर सडकखण्डमा आउँदो फागुन महिनासम्म कालोपत्र सम्पन्न गरिने मदन भण्डारी राजमार्ग योजना कार्यालय गुल्मीका सूचना अधिकारी एवं इञ्जिनियर हुमनाथ पौडेलले जानकारी दिनुभयो । रासस

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...