सप्तरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

Published on

काठमाडौं । सप्तरी प्रहरीले प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित दुई युवकलाई नियन्त्रणमा लिएको छ। जिल्लाको सुरुङ्गा नगरपालिका–४ कनकपुर चौक नजिकबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही ठाउँका २५ वर्षीय अमिर कान्त चौधरी र २४ वर्षीय दिपक कुमार चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको गस्ती टोलीले शुक्रबार कदमाहाबाट भेडिया तर्फ आउँदै गरेका बेला दुवै जनालाई रोकि जाँच गरेको थियो। जाँचका क्रममा दिपक चौधरीको हातमा रहेको कालो प्लास्टिकभित्र तीनवटा साना पुरिया फेला परे।

पुरिया खोलेर हेर्दा ब्राउनसुगर जस्तो देखिने पदार्थ भेटिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो। डिजिटल तराजुमा तौल गर्दा उक्त पदार्थको तौल प्लास्टिकसहित ०.२८० ग्राम र प्लास्टिक हटाउँदा ०.७० ग्राम रहेको बताइएको छ।पक्राउ परेका दुवै जनाको साथबाट रियलमी कम्पनीका दुईवटा मोबाइल फोन समेत बरामद गरिएको प्रहरीले जनाएको छ। हाल उनीहरू विरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...