प्रमुख जिल्ला अधिकारी दिनेश थानीको स्वर, संगीत र अभिनयमा राष्ट्रभक्ति गीत सार्वजनिक

Published on

काठमाडौं । रुकुमपश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीको स्वर, संगीत र अभिनय समावेश गरिएको राष्ट्रभक्ति भिडियो गीत ‘सयौं थरी फूलहरूको’ सार्वजनिक गरिएको छ। यो गीत बिहीबार दिनेश थानीको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। सुनिता पराजुलीको शब्दमा तयार भएको उक्त गीतले राष्ट्रप्रेम, एकता र नेपालीपनको भावना उजागर गरेको छ। गीतमा सबै नेपाली समान छन्, भाषा–धर्म फरक भए पनि सबै एकै माटोका सन्तान हुन् भन्ने सन्देश दिइएको छ।

भिडियोको छायांकन रुकुमपश्चिमको सदरमुकाम मुसीकोट र आसपासका रमणीय स्थानहरूमा गरिएको हो। भिडियोमा थानीसँगै जनदिश चन्द्र हमाल (सशस्त्र प्रहरी नायब उपरीक्षक) र नेवबहादुर राना (प्रमुख अनुसन्धान अधिकृत) ले पनि अभिनय गरेका छन्। सिभिल इन्जिनियरिङ पृष्ठभूमिबाट प्रशासन सेवामा प्रवेश गरेका सर्जक तथा प्रशासक थानीका यसअघि पनि ‘नजर नजरमै’, ‘साँझ पख’ लगायतका गीत सार्वजनिक भइसकेका छन्।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...