बेमौसमी वर्षाले गोरखामा साढे तीन करोडको धान बालीमा क्षति

Published on

काठमाडौं । गोरखामा केहि दिन अघि परेको बेमौसमी वर्षाले किसानको मेहेनत र पसिनामा ठुलो क्षति पु–याएको छ । धान भित्र्याउने समयमा लगातर परेको अबिरल वर्षाले जिल्लाका विभिन्न ११ पालिकामध्ये १० बटा पालिकाका चारहजार हेक्टरमा खेतमा लगाइएको धानबाली नष्ट हुँदा गोरखाका धान किसानको तीन करोड ५० लाख रुपियाँको क्षति पु–याएको हो ।

जिल्लाको सबैभन्दा बढि गोरखा नगरपालिकाअन्तर्गत दरौदी फाँटमा धान खेतीमा क्षति पु–याउदा किसानले लगाएको हजारौँ रोपनी क्षेत्रफलमा लगाएको धानबाली नष्ट हुदाँ किसान स्तब्ध भएका छन् भने करोडौं बराबरको अन्नबाली पानीमा डुबान परेर क्षति भएको कृषि ज्ञान केन्द्र गोरखाले जनाएको छ ।

गोरखा नगरपालिका, पालुङटार नगरपालिका, बारपाक सुलीकोट गाउँपालिका, गण्डकी गाउँपालिका, सिरानचोक गाउँपालिका र भिमसेन थापा गाउँपालिका खेतहरुमा धान काट्ने कोही तयारीमा रहेका बेला र कोही धान काटेर धानको पाँजा सुकाइरहेका बेला मुसलधारे वर्षा हुँदा खेतमै धानको बाला झरेर थन्काउन मौका नपाउँदा कृषकहरुको एक वर्षाको परिश्रम बेमौसमी वर्षाले ध्वस्त पारेको कृषि ज्ञानकेन्द्र गोरखाका अर्थविज्ञ सुमन भट्टराईको भनाइ छ ।

गोरखामा दस हजार एक सय ४० हेक्टर क्षेत्रफलमा लगाइएको धानमध्ये ३० प्रतिशतभन्दा बढिमा क्षति पुगेको स्थानीय तहहरुले दिएको तथ्याङ्कमा उल्लेख गरिएको छ । गोरखामा खेतमा मात्रै होइन, भण्डारण गरिएको धानमा पनि पसेर अन्न कुहिने अवस्था सृजना भएको छ ।  

स्थानीय तहका जनप्रतिनिधिहरुले किसानको क्षति मूल्याङ्कन गरी राहतको प्रक्रिया अघि बढाउने तयारी गरिरहेका छन् भने किसानहरु भने सरकारले तत्काल राहत र पुनःस्थापनाको व्यवस्था गर्न माग गरेका छन् ।

किसानले लगाएको धान खेती वर्षभरिको पसिना एक रातको पानीले बगायो, गोरखा नगरपालिका – १० कृषक कमला थापा मगरले भन्नुभयो, ‘‘कृषक थापाले आक्रोश व्यक्त गर्दै यदि सरकारले तुरुन्त ध्यान नदिए, गोरखाका हरेक किसानको खेती लगाउने हिम्मत हराउने छ ।’’

गोरखाका किसानहरु अहिले खेतको पानी घटाउने र बच्न सक्ने धान बचाउन व्यस्त छन् । तर वर्षाले क्षति पु–याएपछि चिसो र उम्रेको धान पनि थन्काउन किसानहरु लागिपरेका कृषि ज्ञान केन्द्रले जनाएको छ ।

बेमौसमी वर्षाले चुमनुब्री गाउँपालिका बाहेक अन्य १० पालिकामा किसानले लगाएको धानबाली सबैभन्दा बढि क्षति पु–याएकाले किसानहरुले मौसमसँग जुध्नका लागि किसानमैत्री नितिहरु आवश्यक रहेको बताएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...