कोहलपुरमा चितुवा आतङ्क

Published on

काठमाडौं । बाँके राष्ट्रिय निकुञ्जसँग गाँसिएको कोहलपुर नगरपालिकाका विभिन्न क्षेत्रमा पछिल्लो समयमा बाघ र चितुवाको डरले स्थानीय आतङ्कित छन् । केही दिन अघिमात्रै ढकेरीमा घाँस काट्न गएका एकजनाको बाघले आक्रमण गर्दा मृत्यु भएपछि त्रसित बनेको सो क्षेत्रका बसिन्दा अहिले चितुवाको समेत आक्रमण बढ्न थालेपछि थप चिन्तित र आतङ्कित बनेका हुन् । सोही क्रममा कोहलपुर नगरपालिका वडा नम्बर १२, सुन्दरबस्तीमा शुक्रबार राति स्थानीय रबि टमटाको खोरमा रहेको तीन वटा बाख्रा चितुवाले मारेर खाएको छ ।

खोरमा थुनेर राखिएका तीनवटै बाख्रालाई चितुवाले राति आएर खाएको जनाउँदै टमटाले गत केही दिनदेखि यो क्षेत्रमा पटक पटक चितुवा देखिने गरेको र उसको स्वर समेत सुनिने गरेको बताउनुभयो । उहाँले निकुञ्ज नजिकै रहेको हुँदा चितुवा र बाघको डरले आफुहरु साँझैदेखि घरबाट बाहिर निस्कन नसकेको तथा हरेक समय डर र त्रासमा बस्नु परेको बताउनुभयो ।

सोही ठाउँका अर्का स्थानीय मनविर सुनारले केही दिनको अन्तरालमा कोहलपुरको निबुवादेखि खड्कवारसम्मका चार स्थानमा चितुवाले बाख्रा खाएको बताउनुभयो । उहाँले चितुवाले घरपालुवा जनावरलाई आक्रमण गर्न थालेपछि स्थानीय त्रसित बनेको जनाउँदै सो विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण तत्काल हुनुपर्ने माग गर्नुभयो । पछिल्लो समयमा निकुञ्ज नजिकका गाउँबस्तीमा पटक पटक बाघ र चितुवा देखिने तथा आक्रमण समेत गर्ने गरेका घट्नाहरु बढ्दै गएकोप्रति अधिकांश स्थानीयले चिन्ता प्रकट गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...