बर्दियामा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

Published on

काठमाडौं । बर्दियामा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का व्यक्ति घाइते भएका छन्। मृत्यु हुनेमा गुलरिया नगरपालिका–७ गुलरिया गाउँका ३० वर्षीय विकास यादव रहेका छन्। त्यस्तै, मोटरसाइकल चालक ३६ वर्षीय रामदल सोनी घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

राजापुरदेखि गुलरिया तर्फ आउँदै गरेको लु.प्र.०३–००१ प ४१५७ नं को मोटरसाइकल राजापुर नगरपालिका–१० जोगीपुरस्थित हुलाकी सडकखण्डमा राति करिब ११ बजे अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनापछि दुवैजनालाई तत्काल प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि बर्दिया अस्पताल गुलरिया पठाइएकोमा उपचारको क्रममा यादवको मृत्यु भएको हो। घाइते चालक सोनीलाई भने थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले जानकारी दिनुभयो। मृतकको शव हाल बर्दिया अस्पताल गुलरियामै राखिएको छ।

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...