बाँकेमा दुई महिनापछि जिल्ला प्रशासनद्वारा राहदानी वितरण सुरु

Published on

काठमाडौं । जेनजी आन्दोलनको बेला गत भदौ २४ गते जिल्ला प्रशासन कार्यालय बाँकेमा आगजनी गरेर ध्वस्त पारिएपछि रोकिएको राहदानी वितरणको कार्य दई महिनापछि पुनः सुरु गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङले आगजनीबाट ध्वस्त भएको राहदानी शाखाको मर्मत सम्भार गरेर नयाँ उपकरणहरु जडान गरी राहदानी वितरण सुरु गरिएको बताउनुभयो ।

उहाँले जिल्ला प्रशासनबाट प्रदान गरिने सेवाहरु मध्ये राष्ट्रिय परिचयपत्र   नागरिकता वितरणको काम केही समय अघिनै सुरु गरिसकिएको जनाउँदै बाँकी रहेकोमध्ये राहदानी वितरण प्रक्रिया पनि सुरु गरिएको बताउनुभयो ।  जिल्ला प्रशासन कार्यालय बाँकेमा गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा आगजनी भएपछि कार्यालयको भवन, भौतिक सामग्री, कागजात जलेर नष्ट भएपछि केही समयसम्म सबै सेवा ठप्प भएको थियो ।

हाल आएर राहदानी सेवा नियमित सुचारु भएको तथा अन्य सबै सेवाहरु पनि छिट्टै सुचारु गर्ने गरी काम भइरहेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।जनेजी आन्दोलनपछि सेवा बन्द भएका बाँकेका कार्यालयहरुमध्ये मालपोत कार्यालयले अझै सेवा सुचार गर्न सकेको छैन भने जिल्ला र उच्च अदालतले केही दिन अघि सेवाहर सुचारु गरेको छ । सोही प्रकारले यातायात व्यवस्था कार्यालयले पनि सेवा सुरु गरेको जनाएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति

 काठमाडौं । नेपाल बार एसोसिएसनले गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग,...

मध्यपूर्वमा द्वन्द्व चर्किदै, वार्ता अनिश्चित

काठमाडौं । मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ । एकातिर सैन्य आक्रमण...

प्युठानमा पहिलोपटक डायलोसिस सेवा सुरु

काठमाडौं । प्युठान जिल्ला अस्पताल, बिजुवारमा मिर्गौला रोगीका लागि डायलोसिस सेवा सुरु भएको छ...

शेषमती कोरिडोरका अनाधिकृत संरचना हटाइयो

काठमाडौं । काठमाडौँको तारकेश्वरस्थित शेषमती कोरिडोरमा बनाइएका अनाधिकृत संरचना हटाइएको छ। अनाधिकृत रूपमा निर्माण...