सडक स्तरोन्नति गरिँदै

Published on

काठमाडौं । उदयपुरको चौदण्डीगढी नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गर्दै पालिकाभित्रका सम्पूर्ण ग्रामीण सडक स्तरोन्नतिको काम सुरु गरेको छ । नगरपालिकाले आफ्नै स्रोतसाधनको प्रयोग गरी आन्तरिक सडक निर्माणको काममा  छुट्टै उदाहरण प्रस्तुत गरेको छ । 

निर्वाचित जनप्रतिनिधिकोे अबको बाँकी अवधिलाई ‘भौतिक पूर्वाधार वर्ष’ का रूपमा लिँदै आफ्नै बजेटबाट एउटा रोड रोलर, एउटा टिप्पर र एउटा जेसिबी किनेर नगरपालिकाभित्रका आन्तरिक सडक सुधार अभियानलाई तीव्रता दिएको नगरप्रमुख कालुमान लामाले बताउनुभयो । नगरपालिकाले यसअघिका दुई वर्षमा शिक्षा र स्वास्थ्यमा सुधारको काम सञ्चालन गरी सम्पन्न गरिसकेको छ । 

नगरका १० वटै वडालाई समेट्दै प्रतिवडा करिब पाँच किलोमिटरका दरले यस वर्ष झन्डै ५० किलोमिटर ग्रामीण सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने लक्ष्य लिइएको र सोही अनुसार काम गर्न थालिएको नगरप्रमुख  लामाले बताउनुभयो । उहाँले ‘गरे के हुन्न’ भन्ने सङ्कल्पसहित पालिकाभित्रको सबै सडकलाई व्यवस्थित र दिगो बनाउन यो अभियान सुरु गरिएको बताउनुभयो । 

नगरप्रमुख लामाले “आमजनता हरेक दिन खाल्टाखुल्टी सडकमा हिँड्ने गरेको पीडा आपूmले पनि महसुस गरेकोले नगरपालिकाले आफ्नो आर्थिक गक्ष र क्षमताभित्र रहेर सबै सडक सुधार गरेर कालोपत्रे गर्न तयारी अवस्थामा पु¥याउने सङ्कल्प लिएको अगाडि बढेको बताउनुभयो ।” 

नगर योजना आयोगका उपाध्यक्ष किशोर ताम्राकारका अनुसार पालिकाले खरिद गरेका रोड रोलर, टिप्पर, जेसिबी र पानी ट्याङ्करलगायतका उपकरण वडाहरूलाई उपलब्ध गराइएका छन् । सम्बन्धित वडा कार्यालयले इन्धनकोे व्यवस्था गरी खोलाको गिट्टी प्रयोग गर्दै रोड रोलरमार्फत सडक सम्याउने काम सुरु भएको र यो कार्य नगरको १० वटै वडामा गरिएको  छ ।

नगरपालिकाले आफ्नै लगानीमा यसरी ग्रामीण सडक सुधार सुरु गरेपछि स्थानीयमा उत्साह र खुसी छाएको छ । चौदण्डीगढी नगरपालिका–२ का डम्बरबहादुर खड्काले यस अघि १०÷१५ लाखका टुव्रmेटाव्रmे योजनामा बजेट आउने गरेकोमा अब भने अभियानकै रूपमा सडक निर्माणको काम हुन थालेकोले यो सारै राम्रो काम भएको बताउनुभयो । 

स्थानीयका अनुसार चौदण्डीगढी नगरपालिकाले सीमित स्रोतसाधनबाट यसरी ग्रामीण सडक सुधारको काम अघि बढाएसँगै इच्छा र प्रतिबद्धता भए द्रुत गतिमा नै विकास गर्न सकिन्छ भन्ने उदाहरण नगरपालिकाले प्रस्तुत गरेको छ । नगरपालिकाले माडीवास, अमलचौरी, भोर्लेनी, बसाहा, सातधारे क्षेत्रमा धमाधम सडक स्तरोन्नतिको काम गरिरहेको नगरका प्रवक्ता प्रकाश राउतले बताउनुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...