चुनाव अघि महाधिवेशन गर्न गोरखा कांग्रेसको माग

Published on

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्य समिति गोरखाले पार्टीको नियमित महाधिवेशन समयमै सम्पन्न हुन नसके चुनाव अघि नै विशेष महाधिवेशनमा जानु पर्ने माग गरेको छ ।

नेपाली कांग्रेस गोरखाले पार्टी कार्यालय तिनधारेमा पत्रकार सम्मेलन गरी जिल्ला कार्यसमितिको निर्णय सार्वजनिक गर्दै नेपाली कांग्रेस गोरखाले जिल्लामा क्रियाशील सदस्यता नवीकरण प्रक्रिया पूरा भइसकेको र नयाँ सदस्यता विवरण केन्द्रीय समितिमा पठाउन मात्र बाँकी रहेकाले पार्टी विधान अनुसार सके नियमित नसके विशेष महाधिवेशन गर्नु पर्ने माग गरेको हो ।

‘‘गोरखामा ५१ जना महाधिवेशन प्रतिनिधिमध्ये ४२ जना महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेका छन्,’’ पार्टी सभापति नन्दु प्रसाद न्यौपानेले भन्नुभयो, ‘‘पार्टी भित्रको आन्तिरिक लोकतन्त्र बलियो बनाउन, संगठनलाई थप सुदृढ दिशामा अघि बढाउन विधानले व्यवस्था भएअनुसार जिल्ला कार्यसमिति गोरखाले विशेष महाधिवेशन गर्नु नै उपयुक्त हुने छ ।’’

त्यस्तैगरी, देश भरिमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरी विशेष महाधिवेशनको मागलाई कुनै पनि हालतमा हलुका रुपमा नबुझन जिल्ला कार्यसमिति गोरखाले आग्रह समेत गरेको छ ।

सोहि पत्रकार सम्मेलनमा अविरल वर्षाका कारण गोरखा जिल्ला भर करिब साढे तीन करोड रुपियाँ बराबरको क्षति भएको प्रति कांग्रेस गोरखाले गहिरो दुःख व्यक्त गर्दै पीडित किसानलाई तत्काल राहात उपलब्ध गराउन सरकारसँग माग समेत गरेको छ ।

‘‘बाढीपहिरोले जिल्लाका किसानहरु सबैभन्दा बढि मारमा परेका छन्,’’ जिल्ला सभापति न्यौपानेले भन्नुभयो, ‘‘सरकारले संकटमा परेका  धानबाली किसानहरुको लागि तत्काल राहत र क्षतिपूर्तिको कार्यक्रम ल्याएर किसानको घाउमा मलाम लगाउनु पर्छ ।’’

प्रभावित क्षेत्रमाको निरीक्षण गरी पीडित किसानहरुलाई तत्काल सहयोग पु–याउन स्थानीय निकाय र सरोकारवाला निकायहरुलाई आग्रह गर्दै पार्टीको महाधिवेशनबिच जनताको पीडा नर्बिसि राहत, उद्धारमा सक्रिय सहयोग पु–याउन कांग्रेसी कार्याकर्तालाई आग्रह गर्नुभयो । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...