न्यालम भन्सारले जाँचपासमा ढिलाइ गर्दा छ सय कन्टेनर चीनतर्फै अड्किए

Published on

काठमाडौं । चीनको स्वाशासित क्षेत्र तिब्बतको न्यालम भन्सारले तातोपानी नाका आउन लागेका मालबस्तु बोकेका कन्टेनरहरु जाँचपास गर्न ढिलाइ गरेका कारण अझै सोही क्षेत्रमा ६ सयभन्दा बढि कन्टेनर उतै रोकिएका छन् ।

न्यालम भन्सारले मालबस्तु बोकेका कन्टेनर जाँचपास गर्न ढिलाई गर्दा तिब्बतको न्यालम, खासा, रमिते लगायतका स्थानमा कन्टेनरहरु रोकिएको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेतले जानकारी दिनुभयो । सामान जाँचपास गर्न ढिलाई गरेका कारण तातोपानी नाका हुँदै तातोपानी भन्सार पठाउन लागिएको अर्बौको सामान अलपत्र अवस्थामा परेको उहाँले आरोप लगाउनुभयो ।

न्यालम भन्सारलाई सामान जाँचपास छिटो गराउनका लागि नेपाल सरकारले चीन सरकारसँग कुटनीतिक पहल गर्न बस्नेतले नेपाल सरकारसँग आग्रह गर्नुभएको छ । न्यालम भन्सारले दैनिक उपभोग्य बस्तु, लत्ताकपडा, फलफुलजन्य बस्तुभन्दा विद्युतीय सवारीसाधान जाँचपास गर्न प्राथमिकता दिएपछि अरु बस्तु जाँसपासमा ढिलाइ हुनु पुगेको न्यालम भन्सारले जनाएको बस्नेतले बताउनुभएको छ । इलेक्ट्रोनिक गाडीहरुको जाँचपासका साथै अन्य मालबस्तु जाँचपास गर्न व्यापारी व्यवसायीले न्यालम भन्सारलाई आग्रह गरेपनि उसले कसैको कुरा सुन्नेमा चासो नदिएको व्यापारीहरुले जनाएका छन् ।

असार २४ गते केरुङ नाकाको मितेरी पुलसहित संरचना बाढीले बगाएपछि त्यहाँको सम्पूर्ण व्यापार तातोपानी नाकामा व्यापार ‘डाइभर्ट’ भएको थियो । तर साउनको अन्तिम सातादेखि तातोपानी नाकास्थित कोदारी सडकखण्डको इको पहिरोले करिब दुई महिना नाका सडक बन्द भएको थियो । यद्यपि, अहिले तातोपानी नाका सडकको अवस्थामा सहज हुँदा न्यालम सरकारले मालबस्तु बोकेका कन्टेनर जाँचपासमा ढिलाइ गर्दा व्यापारी व्यवसायीलाई थप मर्का परेको छ । चाडपर्वका समयमा रसुवा र तातोपानी नाका अवरोधले व्यापारी व्यवसायीले मुस्ताङस्थित कोरोला नाकाबाट पनि सामानहरु राजधानी भित्र्याएका थिए । फलफुलजन्य र मसलाजन्य बस्तु तातोपानी नाकास्थित इको पहिरो क्षेत्रबाट मजदुरलाई बोकाएर तारिएको थियो ।

अहिले पनि फलफुजन्य बस्तु न्यालम भन्सारमा थन्किएको छ । अन्तर्राष्ट्रिय अभ्यासअन्तर्गत फलफुलजन्य बस्तुलाई ‘ग्रिन च्यानल’ प्रणालीअन्तर्गत छिटो क्लियरेन्स गर्नुपर्ने अभ्यास छ । तर न्यालम भन्सारले त्यस्ता बस्तु र सामान जाँचपास गर्न अलमल र ढिलाइ गरिरहेका अध्यष बस्नेतले जानकारी दिनुभयो । त्यस्ता मालबस्तुलाई छिटो जाँचपास गराएर तातोपानी भन्सार पठाउन व्यावारी व्यवसायीले न्यालम प्रशासनलाई आग्रह गरिरहेका छन् । तर न्यालम प्रशासन र भन्सार कार्यालयले बेवास्ता गरिरहेको छ । तातोपानी सुख्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख राजेन्द्रप्रसाद चुडाँलले तातोपानी भन्सार कार्यालय, नाका सडकमा केही समस्या नभएको भए पनि न्यालम भन्सारले मालबस्तु जाँपास गरेर पठाउन ढिलाइ गरेको बताउनु भएको छ । 

न्यालम क्षेत्रमा रोकिएका कन्टेनरमा जाडोयामका सामान, कपडा, जुत्ता, इलोक्ट्रोनिक बस्तु, रेडिमेड सामान, विद्युतीय उपकरणलगायतका सामान रहेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष इन्द्र राउतले बताउनुभयो । न्यालम भन्सारले दैनिक १५ वटा सङ्ख्यामा कन्टेनर जाँपास गरेर तातोपानी नाका पठाउने गरेको छ । उक्त सङ्ख्या विगतका तुलनामा अति कम हो । वर्षा अघि ५० देखि ६० वटा कन्टेनर जाँचपास गरेर न्यालम भन्सारले तातोपानी नाकामा कन्टेनर पठाउने गरेको थियो । गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...