कोल्टीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Published on

काठमाडौं । जिल्लाको  पूर्वी उत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिकाले सोमबारबाट कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको सञ्चालन गरेको छ ।

दुर्गम गाउँ बस्तीमा रोग पाल्दै बस्न बाध्य भएका स्थानीयहरुको सहजताका लागि पालिकाले एक एक पाइला, गेटा आँखा अस्पताललाई समन्वयमा गर्दै आजबाट कोल्टी आधारभूत अस्पतालमा  विशेषज्ञ चिकित्सकद्वारा सो शिविरको सञ्चालन गरेको हो ।

शिविरमा आँखा रोग तथा मोतिबिन्दुको निःशुल्क शल्यक्रिया, जेनेरल मेडिसिन, छाला रोग सेवा, नाक, कान, घाँटी रोग सेवा, स्त्री तथा प्रसुती सेवा, दन्त रोग सामान्य शल्यक्रिया  कलेजो रोग हाड तथा जोर्नी रोग, बाल रोग तथा प्याथोलोजी सेवा रेडियोलोजी, इन्डोस्कोपी र फार्मेसी सेवा निःशुल्क रुपमा प्रदान गरिने बुढीनन्दा नगरपालिकाले जनाएको छ ।

दुर्गम गाउँबस्तीमा बसोवास गर्दै आएको गरिब दलित तथा विपन्न परिवारको आर्थिक अवस्थाका कमजोर भएका कारण प्राय उनीहरु बाहिर गएर आफ्नो राम्रोसँग उपचार गराउँन सकिरहेका छैन ।

रोग लागेपनि आर्थिक अवस्था कमजोर भएकै कारण उनीहरु त्यसलाई पालेर बस्न बाध्य हुनु भएको हो । उहाँहरुको त्यो समस्यालाई मध्यनजर गरेर हामीले एक एक पाइला तथा गेटा आँखा अस्पतालसँग पाँच वर्षसम्मका लागि प्रत्येक वर्ष कोल्टी आधारभूत अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने गरी सम्झौता गरेका थियौँ ।

अहिले यो सम्झौता गरेको झण्डै तीन वर्ष पुग्यो । दुई वर्ष अँझै बाँकी छन् । गएका ती तीन वर्षमा पनि हामीले यसै अस्पतालमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थियौँ । त्यो शिविरमा यहाँको मात्र नभई छिमेकी जिल्ला मुगु हुम्ला लगायतका धेरै स्थानीयहरुले निःशुल्क रुपमा सेवा लिनु भएको थियो ।

यती बेलामा पनि हाम्रो त्यति सम्झौता अनुसार कोल्टी आधारभूत अस्पतालमा तीन दिने निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका छौँ ।

यो शिविरमा काँनको अप्रेसन लेजर प्रविधिबाट गरिने भएको छ । दुर्गम ठाउँमा यसरी यो लेजर प्रविधिबाट अप्रसेन गर्ने भनेको पहिलो हो । त्यसैले यहाँका काँनको समस्या भएकाहरुले पनि यो शिविरबाट निकै राम्रो सेवा लिन सक्नु हुन्छ । दुर्गम गाउँ बस्तीका स्थानीयले रोग पालेर बस्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी हामीले यती बेलामा पनि विशेषरुपमा यो शिविरको आयोजना गरेको बुढीनन्दा नगरपालिका नगरप्रमुख जनकबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सो शिविर २६ गते बुधबारसम्म सञ्चालन हुने छ । शिविरमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि बिहान १० देखि ३ः३० बजेसम्म नाम दर्ताको समय तोकिएको छ ।”

यो शिविरमा काठमाडौँदेखि विभिन्न रोग विशेषज्ञ डाक्टरहरु आएर सेवा दिने भएकाले आफुलाई के समस्या त्यो समस्या भएकाहरुले यो शिविरमा आएर आफ्नो नाम दर्ता गराई समयमै निःशुल्क रुपमा स्वास्थ्य सेवा लिन हुन हामीले अहिलेदेखि स्थानीयलाई जानकारी गर्दै आएको प्रमखु बोहराले बताउनुभयो ।गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...