खानेपानी आयोजनाको अनुगमन, बजेट कटौतीले समस्या

Published on

काठमाडौं । बाँके र बर्दियामा निर्माणाधिन र सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुको स्थलगत अनुगमन गरिएको छ । लुम्बिनी प्रदेश खानेपानी तथा सहरी विकास मन्त्रालयअन्तर्गतको खानेपानी विभागका निर्देशक आविद अहमद नेतृत्वको टोलीले बाँके र बर्दियामा रहेका खानेपानी आयोजनामध्ये रुग्न रहेका र राम्ररी सञ्चालनमा रहेका आयोजनाहरुको स्थलगत अनुगमन गरी जानकारी लिएको हो । खजुरा ४ ई गाउँस्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिको स्थलगत अनुगमनपछि  खानेपानी विभागका निर्देशक अहमदले प्रदेश सरकारले प्रत्येक घरधुरीमा स्वच्छ पिउने पानी उपलब्ध गराउन निर्माणाधिन रहेका सम्पूर्ण आयोजना छिटोभन्दा छिटो सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “सङ्घीय सशर्त अनुदानबाट निर्माण भईरहेका सबै आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएपछि चुनौती थपिएको छ ।” उहाँले सङ्घीय सशर्त अनुदानका योजनालाई निरन्तरता दिन केन्द्र सरकारसँग आवश्यक पहल गर्ने बताउनुभयो । कतिपय योजनाहरु सम्पन्न हुने चरणमा पुगेको भए पनि बजेट कटौती भएकाले समस्या देखिएको खानेपानी तथा सरसफाई कार्यालय नेपालगञ्जका प्रमुख विधान अर्यालले बताउनुभयो । उहाँका अनुसार सङ्घीय सशर्त अनुदानबाट निर्माण भइरहेका ४२ वटा आयोजनाका लागि चालु आवमा बजेट कटौती गरिएको छ ।

बाँकेका चालु आवमा प्रदेश सरकारअन्तर्गत ४४ वटा आयोजना निर्माण भइरहेका छन् । तिमध्ये केही आयोजनाको काम सम्पन्न भइसकेको छ । कार्यालयले गत आव २०८१–८२ सम्म करिब २० हजार घरधुरीमा आयोजनाअन्तर्गत खानेपानीको धारा वितरण गरिएको जनाएको छ । बाँकेमा आव २०७५–७६ देखि प्रदेश सरकारले समेत खानेपानीमा काम गर्न थालेपछि खानेपानी आयोजना निर्माणको काममा तीव्रता आएको हो । खजुरा ४ स्थित खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष उज्वल बिसीले आठ सय बढि घरधुरीमा खानेपानी विस्तार गरिएकाले हालको ट्याङ्की सानो भएकाले थप ट्याङ्की आवश्यक देखिएको बताउनुभयो । गोरखापत्र 

spot_img

ताजा समाचार

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा वृद्धि देखिएको छ । आइतबार...

बहुपति प्रथाको परम्परा तोड्दै युवायुवती

काठमाडौं । हुम्ला जिल्लाका लामा समुदायका युवायुवतीमा पछिल्लो समय घरपरिवारकै सहमतिमा एकल विवाह गर्ने...

इरानको आक्रमण : दुबईमा ज्यान गुमाउने नेपालीको पहिचान खुल्यो

 काठमाडौं । इरानको आक्रमणमा परेर  संयुक्त अरब इमिरेट्सको अबधाबीमा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको...

निर्वाचन सामग्री बोकेर कार्यक्षेत्र लागे कर्मचारी

काठमाडौं । निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीहरू निर्वाचन सामग्री बुझेर मतदान केन्द्रतर्फ लागेका छन्...