आकस्मिक बाहेक सबै सेवा बन्द

Published on

काठमाडौं । राजविराजस्थित रहेको गजेन्द्रनारायण सिंंह अस्पतालमा तोडफोड, आगजनी र अस्पतालका चिकित्सक माथि हातपात भएपछि अस्पतालको आकस्मिक बाहेक सबै सेवा बन्द भएको छ । अस्पतालको एनआइसियू वार्डमा आइतबार उपचार भइरहेको नवजात शिशु माथि विद्युत् सर्टभई बलिरहेको चिम खस्दा शिशु गम्भीर घाइते भएपछि आक्रोसित आफन्तले अस्पताल तोडफोड र आगजनी गरी अस्पतालका निमित्त मेसु दिलिप साहमाथि हातपात गरेको विरोधमा अस्पतालले आइतबार राति एक सुचना जारी गरी सुरक्षाको प्रत्याभूति र दोषीलाई कारबाही नगरेसम्म आकस्मिक सेवा बाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेको थियोे ।

अस्पतालको आकस्मिक सेवा बाहेक सबै सेवा बन्द भएपछि अस्पतालका उपचारार्थ बिरामीले सास्ती भोग्नुपरेको छ । आइतबार साँझ एनआइसियूमा चिम (बल्ब) झरेर आइतबारै जन्म भई बेलुकी अस्पतालमा भर्ना रहेका रूपनी गाउँपालिकाका हर्दियाका राम यादवका छोरा गम्भीर घाइते भएका थिए ।  चीम खसेर घाइते भएको शिशुलाई उपचारका लागि विराटनगर लगिएको शिशुका बाबु राम यादवले बताउनुभयो । उहाँले भन्नुभयो, शिशुको एनआइसियूमा उपचार भइरहदा शय्या जलेर शिशुलाई पोलुन्जेल उपचारमा संलग्न नर्स के गर्दै थियोे ?

केही घण्टा अगाडि जन्मिएको त्यसरी त्यति घाइते कसरी भयो ? उपचारमा संलग्न नर्सले तत्कालै ध्यान दिएको भए शिशु यति घाइते हुने थिएन । यता पीडित परिवारले शिशुको उपचारका सम्पूर्ण खर्च अस्पतालले बेहाेर्नुपर्ने, घटनाका सम्पूर्ण जिम्मेवारी अस्पतालले लिनुपर्ने माँग गर्दै आएका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...