बारपाक–लाप्राक सडक दुई दिनका लागि बन्द हुने

Published on

काठमाडौं । बारपाक–लाप्राक सडक खण्ड दुई दिनका लागि बन्द हुने भएको छ। बारपाक सुलीकोट गाउँपालिका–१ बारपाकदेखि धार्चे गाउँपालिका–४ लाप्राकसम्मको सडक खण्डमा निर्माण तथा मर्मत कार्य गर्नुपर्ने भएकाले यही कात्तिक २५ र २६ गते सवारी आवागमन रोक्ने निर्णय गरिएको हो।

बारपाक सुलीकोट गाउँपालिकाले जारी गरेको सूचनामा पहिरो पन्छ्याउने, पर्खाल निर्माण तथा ग्राभेल बिछ्याउने कामका कारण सडक पूर्ण रूपमा बन्द गर्नुपर्ने उल्लेख छ। निर्माण कम्पनीले काम सकिएलगत्तै सडक पूर्ववत् रूपमा सञ्चालनमा ल्याउने तयारी गरेको गाउँपालिकाले जनाएको छ।

पालिकाले उक्त अवधिमा यात्रु र सवारी साधन सञ्चालनकर्तालाई बारपाक–लाप्राक सडक प्रयोग नगर्न अनुरोध गर्दै आवश्यक परे वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

सडक मर्मत कार्य पूरा भएपछि आवागमन सहज हुने र यातायात सेवा थप सुचारु हुने गाउँपालिकाले जनाएको छ। साथै, कामका कारण यात्रुहरूलाई पर्न गएको असुविधाप्रति दुःख व्यक्त गर्दै सडक मर्मत सम्पन्न भएसँगै कात्तिक २७ गतेदेखि सडक पुनः सञ्चालनमा आउने जानकारी गराइएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...