लमजुङमा तीन महिनामा २४ प्रतिशत बजेट खर्च

Published on

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा लमजुङ जिल्लामा सरकारी कार्यालय र स्थानीय तहले गरी कुल २४ प्रतिशत बजेट खर्च गरेका छन्। साउनदेखि असोज मसान्तसम्मको अवधिमा यो खर्च भएको हो।

कोष तथा लेखा नियन्त्रण कार्यालय लमजुङका अनुसार संघ तथा प्रदेश अन्तर्गतका कार्यालयहरू, जिल्ला समन्वय समिति र जिल्लाभित्रका आठ स्थानीय तहले चालु र पुँजीगत गरी कूल ६ अर्ब ७२ करोड ६८ लाख १३ हजार ९५६ रुपैयाँमध्ये १ अर्ब ६१ करोड ४२ लाख २ हजार १०० रुपैयाँ खर्च गरेका छन्। यो कुल बजेटको २४.०१ प्रतिशत हो।

तीन महिनाको अवधिमा पुँजीगत खर्च भने निकै न्यून रहेको छ। पुँजीगततर्फ २ अर्ब ८० करोड ३८ लाख ६९ हजार रुपैयाँमध्ये १४ करोड ७७ लाख ५७ हजार ४३० रुपैयाँ अर्थात् ५.२७ प्रतिशत मात्रै खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भवराज जोशीले जानकारी दिनुभयो।

नेपाल सरकारको औसत खर्चको तुलनामा लमजुङमा खर्च दर केही उच्च रहेको कार्यालयले जनाएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज मसान्तसम्म देशभर ३ खर्ब ६४ अर्ब ५८ करोड ९४ लाख रुपैयाँ अर्थात् वार्षिक विनियोजनको १८.५६ प्रतिशत मात्र खर्च भएको छ।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...