स्वास्थ्यचौकी बनाउन भारतसँग चार करोडको सम्झौता

Published on

काठमाडौं । बडिगाड गाउँपालिका–७ भिमगिठे भन्ने स्थानमा रहेको भिमगिठे स्वास्थ्यचौकीको भवन निर्माणका लागि चार करोड सात लाख बजेट उपलब्ध गराउने भारतीय राजदूतावास र बागलुङको बडिगाड गाउँपालिकाबिच सम्झौता भएको छ । भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण कार्यक्रमअन्तर्गत गाउँपालिकाको ७ नम्बर वडामा सुविधा सम्पन्न स्वास्थ्यचौकी भवन निर्माणका लागि सम्झौता भएको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापाले जानकारी दिनुभयो ।

सोमबार गाउँपालिका अध्यक्ष गण्डकी थापा अधिकारी र भारतीय दूतावास काउन्सलर अविनाश कुमार सिंहबिच भवन निर्माणमा रकम उपलब्ध गराउने सम्झौता भएको हो । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...