काठ तस्करीमा संलग्न एक जना पक्राउ, चार मोटरसाइकल बरामद

Published on

काठमाडौं । कैलालीको भारताल साझेदारी वन उपभोक्ता समूह भित्र काठ तस्करीमा संलग्न एक जनालाई पक्राउ गरिएको छ। साझेदारी वन र सब–डिभिजन वन कार्यालय फूलबारीको संयुक्त गस्ती टोलीले सोमबार राति तस्करीमा संलग्न एक जना व्यक्तिलाई पक्राउ गरेको हो। 

पक्राउ पर्ने धनगढी–१५ का करण राना रहेको सब डिभिजन वन कार्यालय फूलबारीका प्रमुख कपिल रावलले जानकारी दिनुभयो। पक्राउ परेका रानामाथि वन ऐनअनुसार कारबाही हुने प्रमुख रावलले बताउनुभएको छ। 

यस्तै सोही गस्ती टोलीले तस्करीका लागि प्रयोग गरिएका चार वटा मोटरसाइकल पनि नियन्त्रणमा  लिएको छ। काठ तस्करीमा प्रयोग गरिएका से–३ –प.२०६८, म.१.प–८५७८, सु.प्र.प्र ०१–०१३ प. ०४०६ र से.–१ प. ७५५९ नम्बरका मोटरसाइकल बरामद गरिनुका साथै काठ काट्न प्रयोग गरिएका हतियार र डोरी समेत नियन्त्रणमा लिइएको भारताल साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष यादव भण्डारीले जानकारी दिनुभयो।  

मोटरसाइकल छोडेर भागेका अन्य फरार व्यक्तिको खोजी कार्य जारी रहेको समेत अध्यक्ष भण्डारीले जानकारी दिनुभएको छ। पछिल्ला दिनमा वन क्षेत्रभित्र काठ चोरी र तस्करीका घटना बढेपछि नियमित संयुक्त गस्ती सञ्चालन गरिएको छ। गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...