ऐतिहासिक मूलढोकाको पुनर्निर्माण अवरुद्ध

Published on

काठमाडौं । पाल्पा दरबारपरिसरको ऐतिहासिक मूलढोकाको पुनर्निर्माण डेढ वर्षदेखि अवरुद्ध बनेको छ । पुरातत्व विभागले अढाई वर्षअघि पुनर्निर्माण सुरु गरेको १७१ वर्ष पुरानो मूलढोका कहिले सम्पन्न हुने हो निश्चित हुन सकेको छैन । मूलढोकाको पुनर्निर्माण गर्न आर्थिक वर्ष २०८०/८१ मा ८१ लाख ९५ हजारमा ठेक्का भएको थियो । सोही ठेक्काबाट मूलढोकाको जग हाल्ने र ढोकाको दुवैतर्फको पर्खाल ठड्याउने काम भए पनि छानो हाल्ने काम अझै बाँकी रहेको छ । 

दुई वर्षअघिको ठेक्काबाट ७० प्रतिशत काम सकिए पनि ३० प्रतिशत काम गर्न बजेट अभाव भएको भन्दै डेढ वर्षदेखि पुनर्निर्माणको काम अलपत्र छ । पुरातत्व विभागका इन्जिनियर रमेश नेपालीले चालु आवमा मूलढोकाको काम गर्न ५० लाख रुपियाँ बजेट विनियोजन भएको बताउनुभयो । बजेट परेको भने पनि काम गर्ने विभाागको सुरसार नदेखिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन् । 

तानसेनका स्थानीय बासिन्दा राजेन्द्रगोपाल सिंहले दुई वर्षदेखि मूलढोकाको पुनर्निर्माण कार्य भए पनि सम्पन्न कहिले हुने हो निश्चित हुन नसकेको बताउनुभयो । उहाँले पर्यटकीय क्षेत्रमा विभागले गरेको काममा ढिलासुस्ती हुँदा पर्यटकमा नकारात्मक सन्देश गएको बताउनुभयो । १७१ वर्ष पुरानो मूलढोका तत्कालीत प्रधानमन्त्री जङ्गबहादुर राणाका भाइ बद्रीनरसिंह कुँवरले दरबारपरिसरको सुरक्षाका लागि बनाउन लगाएका थिए । विसं १९११ मा दरबारको सुरक्षाका लागि पाल्पा दरबारपरिसर वरिपरि डेढ मिटर चौडाको कडा चट्टानको पर्खाल र भित्र हातहतियारसहित सेनाको टोली प्रवेश गर्न मिल्ने ढोका बनाइएको थियो । 

उक्त ढोकाबाट सहजै अन्य मानिसभित्र छिर्न तथा कुनै सामान्य आक्रमणबाट भित्र छिर्न नसक्ने गरी बनाइएको थियो । त्यतिबेला आन्तरिक सुरक्षा तथा बाह्य सुरक्षालाई ध्यान दिँदै मूल ढोका तथा दरबार परिसरका संरचना बनाइएको थियो । मूलढोकाको उचाइ पाँच मिटरभन्दा बढी र चौडाइ तीन मिटर रहेको छ । ढोका बनाउन ठुला काठ र ठुला ढुङ्गाको प्रयोग गरिएको छ । जीर्ण मूलढोकाको पुनर्निर्माण कार्य पुरातत्व विभागले गरे पनि काममा सुस्तता देखिएको तानसेन नगरपालिकासमेत सन्तुष्ट छैन । नगरपालिकाका इन्जिनियनर रामप्रसाद श्रेष्ठले विभागले बजेट अभाव जस्ता कारण देखाउँदै मूलढोका पुनर्निर्माणमा ढिलो गरिरहेको बताउनुभयो ।   गोरखापत्र

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...