चिसो बढेसँगै भेडीगोठ बेँसी झर्न थाले

Published on

काठमाडौं । उत्तरी गोरखाका भेडीपालक किसान र गोठालाले मौसममा फेरबदल आएसंगै हरेक वर्ष चरनचक्र अनुसार भेडा, बाख्रा र चौँरी गोठ बेँसी सार्ने गरेका छन् । गोरखा जिल्लाको उच्च हिमाली चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाका भेडापालक किसान हिउँदको सुरुवातसँगै चिसोबाट जोगिन भेडीगोठहरूलाई बेँसी झार्न थालेका छन् । 

सामान्यता असोज र कात्तिक महिनामा हिमालमा  हिउँ पर्न सुरु भएपछि चरन क्षेत्र चिसो र हिउँले ढाकिने गर्छन् । त्यसैले त्यहाँका गोठालाले पशुधनलाई तातो क्षेत्र आरूघाट र बारपाक सुलीकोट गाउँपालिकाका क्षेत्रमा झार्ने गरेका छन् । सोही प्रचलन अनुसार यो वर्ष पनि भेडीगोठ सार्ने क्रम सुरु भएको छ । 

जाडो बढेसंगै उत्तरी गोरखाका हिमाली क्षेत्रका किसानको जीवनशैली, रोजगारी र संस्कृतिसँग भेडाबाख्रा र भेडीगोठको गहिरो रूपमा जोडिएको भेडापालक किसान वीरकाजी गुरुङले जानकारी दिनुभयो । गुरुङले भन्नुभयोभयो,“चिसो मौसम बढ्दै गएपछि हिमाली क्षेत्रमा घाँस सुक्न थाल्छ । चुमनुब्री गाउँपालिका र धार्चे गाउँपालिकाको उपल्लो क्षेत्रमा हिउँ जम्ने भएकाले गोठालाहरूले समयमै गोठ झार्नुपर्ने हुन्छ र बेँसी झरेपछि भेडाबाख्रालाई हरियो घाँस पाइने र पानीको अभाव नहुने भएकाले भेडाबाख्राको स्वास्थ्य पनि राम्रो हुन्छ ।” 

भेडीगोठसँगै गोठालाका परिवार पनि अस्थायी रूपमा बेँसीमा बसाइ सर्ने गरेका छन् । अधिकांश गोठालाले न्यायो ठाउँ खोजेर बस्तीनजिक घिउ, चिज र उनी कपडा बुनेर बिक्रीवितरण गर्ने गरेका छन् । यो समय बेँसी झर्ने समय भएकाले आरूघाट र बारपाक सुलीकोटका बाटाघाटामा भेडाबाख्राको लर्को नै लागेको देखिन्छ । पहाडका चरन खाली हुँदै गए पनि बेँसी क्षेत्रका खेत र जङ्गलमा चहलपहल बढेको छ । 

भेडापालक किसानका अनुसार माघ महिनाभरि भेडा, च्याङ्ग्रा बेँसीमा रहन्छन् भने फागुन पहिलो हप्ताबाट फेरि लेकतिर जाने गरेका छन् । गोरखापत्र

spot_img

ताजा समाचार

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...

क्रिकेटर करण केसी कारबाहीमा : म्याच शुल्क कट्टा हुने, एक खेलमा प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टोलीका सदस्य तथा नेपाल पुलिस क्लबका...

टिप्परको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौँ । प्यूठानमा टिप्परको ठक्करबाट एक जना पुरुषको मृत्यु भएको छ । चेरनेटा–बरौला सडक...