किराँत राईको पापानी चाड सुरु

Published on

काठमाडौं । धनकुटाको शहीदभूमि गाउँपालिकाको खाल्सा क्षेत्रमा बसोवास गर्दै आएका किराँत राई जातिको पापानी चाड सुरु भएको छ । किराती राईहरुले नयाँ बाली भित्राएको आफ्नो खुशीयालीमा मनाउने पापानी चाड सुरु भएको हाे ।

कात्तिक शुक्ल पूर्णिमा पछिको पहिलो मंगलबार शहीदभूमि गाउँपालिका–३, को साकेन्वा थानमा जम्मा भएर पूजा गरेपछि पापानी चाड सुरु हुने गर्दछ । पापानी चाडमा नयाँ बाली भित्राएको खुशीयालीमा ढोल नाच साथै बाजागाजासहित रमाईलो गर्दै इष्ट देवताको पूजाआराधना मनाउने गर्दछन् । 

पापानी चाड ६ दिन ६ रातसम्म एकआपसमा खुशीयाली साटासाट गरेर मनाउने गरेको स्थानीय नरेन्द्र कश्चित राईले बताउनुभयो । पापानी पर्वमा किराँत राईहरूले कुलदेवताको पूजाआराधना गर्नुका साथै ढोल, झ्याम्टा बजाउँदै लहरै कुम जोडेर नाचगान गर्ने गर्दछन् । पापानी नाच नाच्दा सबै जना एकआपसमा गोलो घेरा हालेर खुट्टा तीन कदम अगाडि र पछाडि सार्दै नाच्ने गरिन्छ ।

पापानी चाडको पहिलो दिन मंगलबार गाउँभरिका गढी घरहरु भएका ढोलहरु मुल पुजारीको घरमा भेला भएर पुजा गरेर पापानी सुरु हुने गर्दछ । बुधबार आ–आफ्नो घरघरमा देवीदेउता भित्राएर पुजा गर्ने गरिन्छ । देवता भित्र्याई सकेपछि हरेक घरमा माङ्ला अर्थात् जोखाना हेर्ने गरिन्छ । आइतबार इष्ट देवता फुढाहाङ (बुढाहाङ) को प्रतिकको रुपमा ङाङसुबाथिङको घर हुँदै गढी घर, पाथ्थरे, मझियाँको गढी घरमा पूजा गर्ने चलन रहिआएको छ । 

पापानी चाड पहिले पामाआनी शब्दबाट अपभ्रंस भएर बनेको जनविश्वास रहेको छ । राई भाषामा पा भनेको छोरा मान्छे, मा भनेको छोरी मान्छे हो । पामाआनी भनेको छोरा मान्छे र छोरी मान्छे गोलोघेरा भएर ढोल झ्याप्टा बजाउँदै नाच्नु रहेको बताइएको छ । यसले किराती राईहरुको आफ्नो कला, संस्कृति, भेषभुष, रहनसहन र रितिथिती समेत बोकेको छ ।गोरखापत्र

spot_img

ताजा समाचार

किशोरी इनिसाको बलात्कारपछि हत्या: कानुन संशोधनको माग

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया किशोरी इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नलाई...

मध्यपूर्वमा रहेका नेपालीको तत्काल उद्धार गर्न सरकारसँग श्रमविज्ञको आग्रह

काठमाडौं । श्रमविज्ञ डा. रामेश्वर नेपालले मध्यपूर्वका विभिन्न देशमा द्वन्द्वका कारण जोखिममा परेका नेपाली...

छ वर्षपछि चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

काठमाडौं । करिब छ वर्षपछि उत्तर कोरिया र चीनबीचको रेल सेवा पुनः सञ्चालनमा आएको...

धमाधम विज्ञापन सामग्री हटाउँदै काठमाडौँ महानगर

काठमाडौं । सम्झौताअनुरूप समय सकिँदा पनि सम्बद्ध अधिकारी सम्पर्कमा नआएपछि काठमाडौँ महानगरपालिकाले विज्ञापन सामग्री...