दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला हुने

Published on

काठमाडौं । दोश्रो फङ्फङ्देन झरना सांस्कृतिक तथा पर्यटन मेला आगामी मङ्सिर ७ गतेबाट हुने भएको छ । मिक्वाखोला गाउँपालिकाको ४ नम्बर वडा थलङ्मा अवस्थित फुङ्फुङगे झरनाको प्रचारप्रसारका लागि मेलाको आयोजना गरिने भएको हो ।

फङ्फङ्देन झरना पर्यटन विकास समिति मूल आयोजक समितिले मङ्गलबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनको आयोजना गर्दै आगामी मङ्सिर ७ देखि ११ गतेसम्म मेला सञ्चालन गर्ने जनाएको छ । मेलाकै अवसरमा अन्तर क्लबस्तरीय आमन्त्रित पुरुष फूटबल प्रतियोगिता, सांस्कृतिक कार्यक्रम, लघु उद्यम, कृषि तथा मौलिक परम्परागत उत्पादनहरूको प्रदर्शन गरिने समितिका अध्यक्ष विजय साँवाले बताउनुभयो ।

उहाँका अनुसार पुरुष फुटबलतर्फको विजेतालाई ३ लाख २ हजार ८२ रुपियाँ र उपविजेतालाई १ लाख ५२ हजार ८२ रुपियाँ बराबरको अलैँची प्रदान गरिनेछ । फाइनलको दिन बजारमा भएको चलनचल्तीको भाउ अनुसार घोषणा गरिएको रकम बराबरको अलैँची तौलिएर प्रदान गरिने समितिले जनाएको छ ।

अलैँचीको प्रवर्धनका लागि पुरस्कार स्वरुप अलैँची नै प्रदान गर्न लागिएको अध्यक्ष लिम्बूको भनाइ छ । मेलाकै अवसरमा राष्ट्रिय तथा स्थानीय कलाकारको साथमा वृहत साँगीतिक कार्यक्रमको आयोजना गरिएको सांस्कृतिक व्यवस्थापन उप समितिका संयोजक प्रीति थलङले बताउनुभयो ।

उहाँका अनुसार राष्ट्रिय कलाकारको सुनिश्चित हुन बाँकी रहेपनि स्थानीय कलाकारहरू भने तयारीमा जुटिसकेका छन् । मेला सम्पन्न गर्नका लागि कुल साढे १९ लाख बढी रकम खर्च हुने समितिका कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन उपसमितिका संयोजक सुक बहादुर साँवा लिम्बूले जानकारी दिनुभयो ।

स्थानीय क्षेत्रमा सञ्चालित हाइड्रोपावर, निर्माण व्यवसायीहरू, स्वदेश तथा विदेशमा रहनु भएका खेलप्रेमी महानुभावबाट आर्थिक सहयोग सङ्कलन गरि मेलाको आयोजना गरिएको उहाँको भनाइ छ । फुङ्फुङगे झरना सहित मिक्वाखोला गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रहरूको प्रवर्धनका लागि मेलाको आयोजना गरिएको समितिले जनाएको छ ।

पालिकामा भएका पर्यटकीय क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि गरि स्थानीय नागरिकको आय आर्जनमा वृद्धि गर्ने लक्ष्यका साथ मेलालाई निरन्तरता दिइएको बताइएको छ । गोरखापत्र

spot_img

ताजा समाचार

जनताप्रतिको सेवाभावमा कमी हुँदैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको परिणाम आफ्नो...

माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न

काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ मा २२ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत्...

खाडीमा इरानी आक्रमण, तेल १०० डलर नाघ्यो

काठमाडौं । मध्यपूर्वमा जारी युद्धका बीच इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजहरूलाई लक्षित...

कञ्चनपुरका निर्वाचित सांसद जनताको समस्या बुझ्न गाउँ–बस्तीमा

काठमाडौं । कञ्चनपुरबाट नव निर्वाचित सांसदहरू जनताको समस्या बुझ्न गाउँ–बस्तीमा सक्रिय छन्। पहिलो पटक...