महोत्तरीको औरहीबाट लागूऔषध गाँजासहित दुई जना पक्राउ

Published on

काठमाडौं । महोत्तरी जिल्लाको औरही नगरपालिकामा प्रहरीले ठूलो परिमाणको लागूऔषध गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार औरही नगरपालिका–१ स्थित औरही चोकमा नियमित चेकजाँचका क्रममा दुई जनालाई गाँजासहित पक्राउ गरिएको हो।

बिहीबार साँझ उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको बिआर ३० ए ०६०८ नम्बरको मोटरसाइकल रोकिएको क्रममा प्रहरीले गरेको तलासीमा झोलाभित्र प्लास्टिक र डोरीले बाँधेर लुकाइ–छिपाइ राखिएको १० केजी गाँजा फेला परेको थियो।

पक्राउ परेकामा मोटरसाइकल चालक भारत बिहार–वैशाली निवासी २७ वर्षीय गोबिन्द राम र पछाडि सवार २१ वर्षीय एकवाल मोहम्मद रहेका छन्। बरामद गाँजा तथा आरोपीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गौशालाको हिरासतमा राखिएको छ। प्रहरीका अनुसार यो कारबाही क्षेत्रमा चलाइएको सुरक्षा व्यवस्थापन र लागूऔषध नियन्त्रण अभियानकै निरन्तरता हो।

spot_img

ताजा समाचार

‘स्मार्ट हुलाक’ विस्तार, सरकारी कागजात अब घरमै

काठमाडौं । सरकारले हुलाक सेवालाई प्रविधिमैत्री बनाउँदै ‘स्मार्ट हुलाक’ कार्यक्रम प्रभावकारी रूपमा अघि बढाएको...

लुम्बिनीमा मन्त्रालय घटाइयो, अब मुख्यमन्त्रीसहित ९ मन्त्रालय

देउखुरी । लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई प्रभावकारी बनाउन मन्त्रालय पुनःसंरचना गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को...

सी चिनफिङसँग भेट सुनिश्चित भए मात्रै चीन जाने रविको अडान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राष्ट्रपति सी चिनफिङसँग भेट सुनिश्चित...

रास्वपाले बालेन शाहलाई वरिष्ठ नेता मनोनित गर्‍यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई...