कोरियामा रहेका नेपालीको अभिभावक बनेर काम गर्न मन्त्री खरेलको आग्रह

Published on

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले दक्षिण कोरियामा रहेको नेपाली राजदूतावासलाई त्यहाँ बसोबास वा रोजगारीमा रहेका सम्पूर्ण नेपालीहरूको अभिभावक बनेर जिम्मेवारीपूर्वक काम गर्न अनुरोध गरेका छन्। सिओलस्थित नेपाली दूतावासको अवलोकन गर्दै उनले कोरियामा रहेका नेपालीहरूको हक–अधिकार, समस्या समाधान र सेवासुविधाको सहजिकरणमा दूतावासले गम्भीर भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

मन्त्री खरेलले नेपाल–कोरिया सम्बन्धलाई अझ मजबुत बनाउँदै नेपालमा कोरियाली लगानी भित्र्याउने वातावरण निर्माण गर्न राजदूतावासले सक्रिय पहल गर्नुपर्ने बताए। हालै दूतावासले नेपालीको पक्षमा पर्याप्त प्रभावकारी रूपमा काम गर्न नसकेको, दुई देशबीच सहयोग विस्तारमा अपेक्षित भूमिका नखेलेको जस्ता गुनासा उठिरहेको उल्लेख गर्दै उनले दूतावासलाई नेपालीमैत्री ढङ्गले काम गर्न आग्रह गरे।

यस क्रममा मन्त्री खरेलले दूतावासले नेपालको हित, कोरियासँगको कूटनीतिक सम्बन्ध विस्तार तथा विकास सहयोग जुटाउन अग्रमोर्चामा उभिनुपर्ने बताए। राजदूत डा. शिवमाया तुम्बाहाम्फेले सीमित कर्मचारी र केही एनआरएन विवादका कारण दूतावासको काम प्रभावित भएको जानकारी दिँदै आफू नेपाली समुदायको हितमा प्रतिबद्धतापूर्वक कार्यरत रहेको स्पष्ट पारिन्।

भ्रमणका क्रममा मन्त्री खरेलले नेपाल एयरलाइन्सको सिओलसमक्ष सिधा उडान सुरु गर्न पहल गर्न दूतावासलाई अनुरोध गरे। साथै, रोजगारीका क्रममा कोरियामा रहेका नेपालीले भोगिरहेको मानसिक स्वास्थ्यसम्बन्धी समस्यामाथि दूतावासले विशेष ध्यान दिनुपर्ने बताए। उनले दूतावासमा दरबन्दीअनुसार अतिरिक्त जनशक्ति पठाउन सरकार पक्षबाट पहल गर्ने आश्वासन पनि दिए।

मन्त्री खरेलले नेपालको पछिल्लो राजनीतिक स्थिरता, शान्ति, र आगामी निर्वाचनतर्फ अघि बढिरहेको प्रक्रियाबारे विदेशस्थित नेपाली समुदायलाई सही सन्देश प्रवाह गर्न कूटनीतिक नियोगहरूलाई आग्रह गरे। उनले दूतावासका काम–कारबाहीको अवलोकन गर्दै सरकारका प्राथमिकताबारे आवश्यक निर्देशन पनि प्रदान गरे।

मन्त्री खरेल ‘११औँ ग्लोबल आईसीटी लिडरशिप फोरम’मा सहभागी हुन कात्तिक २५ गते दक्षिण कोरिया पुगेका थिए। उनको साथमा स्वकीय सचिव उद्धव भट्टराई पनि सहभागी थिए। उक्त फोरम कोरियाको विज्ञान तथा आइसीटी मन्त्रालय (MSIT) र नेशनल इनफर्मेशन सोसाइटी एजेन्सी (NIA)ले संयुक्त रूपमा आयोजना गरेका थिए।

spot_img

ताजा समाचार

जुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

जुम्ला जिल्लाको टाम्टी आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...

महाकाली नदीमा बढ्दो डुबानका घटना न्यूनीकरण गर्न सचेतनामूलक बोर्डहरू राखिए

निलाक्सी चन्द कञ्चनपुर, जेठ ३ गते । पछिल्लो समय कञ्चनपुरस्थित महाकाली नदीमा मानिस डुबेर मृत्यु...

राष्ट्रिय हक्की टोलीमा मिथिला नगरपालिकाका ६ खेलाडी छनोट

काठमाडौँ । नेपाल हक्की सङ्घले घोषणा गरेको राष्ट्रिय महिला तथा पुरुष हक्की टोलीमा धनुषाको...

गृहमन्त्री गुरुङलाई नवलपुरमा कार्यकर्ताको स्वागत

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नवलपुरका सभापति नरेश्वर लामिछाने नेतृत्वको...